भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर

ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर गरेका छन् ।

Workplace

भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका समाचार संस्था अलजजीराले जनाएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले हिजो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर व्यापार र लगानीका अवसरहरू बढाउनेबारेमा छलफल गर्नुभएको खबरमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदीले महत्त्वपूर्ण खनिज सम्झौतालाई लचिलो आपूर्ति शृङ्खला निर्माण गर्ने दिशामा एक प्रमुख कदम भनेर प्रशंसा गर्नुभएको छ । यस्तै ब्राजिलका राष्ट्रपति लुलाले नवीकरणीय ऊर्जा र महत्त्वपूर्ण खनिजहरूको मामिलामा लगानी र सहयोग बढाउन भारतसँग सम्झौता गरेको बताउनुभएको छ ।

विश्वको दुर्लभ–पृथ्वी र महत्त्वपूर्ण खनिजहरूको खानी र प्रशोधनमा चीनको प्रभुत्व छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले महत्त्वपूर्ण खनिज सम्झौतासँगै डिजिटल सहयोगदेखि स्वास्थ्यसम्मको समझदारी पत्रसहित नौ अन्य सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

आर्थिक जटिलताको अवलोकनकर्ता (ओईसी) का अनुसार सन् २०२४ मा भारतले ब्राजिलमा  ब्राजिलमा भारतीय निर्यात ७ अर्ब २३ करोड अमेरिकी डलर बराबरको निर्यात गरेको छ । यस्तै ब्राजिलले भारतमा ५ अर्ब ३८ करोड डलर बराबरको निर्यात गरेको थियो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?