श्रावण महिनामा रेसुङ्गा महापोखरीमा स्नान गरी यज्ञशाला दर्शन गर्ने भक्तजनको भीड

गोकर्ण पाण्डे

Workplace

गुल्मी।श्रावण महिनाको अवसरमा गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गा महापोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन गर्ने भक्तजनहरूको भीड बढ्न थालेको छ।

 

 

रेसुङ्गा संरक्षण समिति र रेसुङ्गा नगरपालिकाले प्रचार गरेका अनुसार, महापोखरीमा स्नान र यज्ञशाला दर्शन गरे पुण्य प्राप्त हुने विश्वास छ।

यहाँ आउने भक्तजनहरूले भजन, कीर्तन, पूजा–आराधना गर्दै मन्दिरहरूको पनि दर्शन गर्ने गरेका छन्। साथै, उनीहरूले अरूलाई पनि यस पवित्र कार्यमा सहभागी हुन प्रेरित गरिरहेका छन्।

रेसुङ्गाको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वले प्रत्येक वर्ष श्रावणमा हजारौं भक्तजनलाई आकर्षित गर्दै आएको छ। रेसुङ्गा संरक्षण समितिका अनुसार, यो धार्मिक तथा पर्यटकिय स्थलको महत्व झनै बढाउँदै लैजाने योजनामा पनि काम भइरहेको छ।

 

अधिक जानकारीका लागि रेसुङ्गा संरक्षण समिति वा रेसुङ्गा नगरपालिकामा सम्पर्क गर्न सकिने रेसुङ्गा सरक्षणका पण्डित गिरिराज पाण्डे ले बताउनु भयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?