दुरदराजका हजारौँ युवाको मताधिकार सुरक्षित गर्न निर्मल ज्ञवालीको उल्लेखनीय योगदान

अर्घाखाँची। जेनजी आन्दोलनपछि सरकारले मतदाता नामावली अद्यावधिक गर्ने अभियानलाई तीव्र बनाउँदै असोज १० गतेदेखि कार्तिक ३० गतेसम्म दर्ता अवधि खुला गरेको थियो । माग र आवश्यकता बढेपछि सरकारले पाँच दिन थपेर मङ्सिर ५ गतेसम्म दर्ता गर्न सकिने व्यवस्था गर्‍यो । तर दर्ता प्रक्रिया सुरुआती चरणमा सहज थिएन ।

Workplace

सुरुमा अनलाइनमार्फत् फाराम भरिसकेपछि बायोमेट्रिक प्रमाणिकरणका लागि जिल्ला निर्वाचन कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । टाढा-टाढाका गाउँमा बस्ने नागरिकका लागि सदरमुकाम पुगेर दर्ता गर्नु समय, खर्च र यातायात सबै हिसाबले चुनौतीपूर्ण हुनुपर्ने अवस्था थियो । धेरैले दर्ता गर्ने इच्छा भएर पनि प्रक्रिया पूरा गर्न नसकिरहेका थिए ।

- Advertisement -Workplace

यही कठिन समयमा बुटवल, देविनगरका ३३ वर्षीय युवा निर्मल ज्ञवाली हजारौँ नागरिकका लागि भरपर्दो सहारा बने । प्रारम्भिक चरणमा इन्टरनेट नहुने, फारम बुझ्न नजाने, बुझेर पनि भरिसकेपछि कार्यालय पुग्न समस्या पर्ने नागरिकका लागि उनले करीब २,४०० जनाका फाराम अनलाइनमार्फत भरिदिए ।

कहिले देवीनगर चौपारी, कहिले होराइजनचोक, कहिले योगी कुटी-जहाँ आवश्यक पर्‍यो त्यहीँ पुगेर फर्म भर्ने सहजीकरण गर्दै उनी अभियानमा सक्रिय भए । कहिलेकाहीँ अनलाइन साइट नै बन्द हुने, फाराम नपठिने, कागजपत्र अपूर्ण हुनेजस्ता समस्या आए पनि उनले काम रोकेनन् ।

पछि सरकारले मोबाइलबाटै राष्ट्रिय परिचयपत्र नम्बर राखेपछि मतदाता नामावली अटोमेटिक दर्ता हुने व्यवस्था लागू गर्‍यो । यसले हजारौँ नागरिकका लागि दर्ता प्रक्रिया अत्यन्त सहज बनायो । यो चरण सुरु भएपछि निर्मलले २,९३७ जनाको नाम NIN मार्फत दर्ता गराइदिए ।

यसरी उनले कुल ५,३३७ नागरिकलाई मतदाता नामावलीमा सूचीकृत गराउन सफल भए यो कार्य एक व्यक्तिद्वारा सम्पन्न भएको सोच्दा पनि असाधारण छ । रुपन्देही क्षेत्रमा विशेषगरी बुटवल सहरमा गुल्मी, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, प्युठान, स्याङ्जालगायतका धेरै जिल्लाहरूबाट अध्ययनको लागि धेरै विद्यार्थीहरू आउने गर्छन् । विभिन्न कामको सिलसिलामा पनि मानिसहरू उल्लेखनीय मात्रामा हुने गर्छन् ।

अर्घाखाँचीका युवक ध्रुव सुनार दर्ता गर्न नपाएका हजारौँमध्ये एक थिए । कामको कारण इन्टरनेट एकदमै कमजोर अवस्थामा चल्थ्यो, सदरमुकाम पुग्न पनि घरको कामले गर्दा झन् कठिन । तर निर्मल सरले सामाजिक सञ्जालमार्फत अभियानको सूचना सार्वजनिक गरेपछि ध्रुवले कागजपत्र पठाए र केही बेरमै दर्ता पूरा भएको जानकारी पाए । ध्रुवले उक्त कामलाई एक अनुकरणीय काम भनेर प्रशंसा गरे।

निर्मलले मतदाता दर्तालाई केवल तकनीकी सेवा नभई नागरिक अधिकारको सुरक्षा मान्ने गरेको बताए । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा युवापुस्तामा असन्तुष्टि बढ्दो रहेको उल्लेख गर्दै उनले देशलाई सक्षम नेतृत्व चाहिएको हो भने त्यसको आधार नै युवा पुस्ता हुने धारणा व्यक्त गरे ।

युवाहरू नै मतदानबाट वञ्चित हुँदा परिवर्तनको आधार कमजोर हुने बताउँदै ग्रामीण क्षेत्रका कुनाकुनामा रहेका युवाहरूको नाम दर्ता हुनुपर्नेमा आफू विशेष रूपमा केन्द्रित भएको उनले जानकारी दिए । निर्मल ज्ञवाली सामाजिक कार्यका साथै शिक्षण पेशामा आबद्ध छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?