icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

२४ लाख घुससहित मालपोत प्रमुख आचार्य पक्राउ, पुराना आरोप पनि बाहिरिदै

भक्तपुर, – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर मालपोत कार्यालयका प्रमुख अधिकृत कुमार आचार्यलाई साढे २४ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। मंगलबार उनको साथबाट नगद २४ लाख ५० हजार रुपैयाँ बरामद गरिएको आयोगले जनाएको छ।

Workplace

पक्राउ परेकामध्ये आचार्यका सहयोगी टीकाराम राउतसमेत छन्। उनीहरूलाई एक सेवाग्राहीसँग धनिपूर्जा बनाउने क्रममा जग्गाको लागत कृत्रिम रूपमा घटाई दिइदिने प्रलोभनमा घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। अख्तियारको टोलीले आचार्यको मोबाइल, अन्य डिजिटल डिभाइस र सम्बन्धित कागजातहरू पनि नियन्त्रणमा लिएको जनाएको छ।

रुपन्देहीमै चर्चा, भक्तपुरमा पुष्टि कुमार आचार्यको भ्रष्टाचार सम्बन्धी चर्चा उनी रुपन्देहीमा कार्यरत रहँदा नै व्यापक थियो। भैरहवा र बुटवल मालपोत कार्यालयमा सेवाग्राहीहरूले बारम्बार उठाएका गुनासाहरूका बाबजुद उनलाई कारबाही हुन सकेको थिएन। पत्रकार नरेश केसीसहितका सञ्चारकर्मीहरूले आचार्यको संलग्नता बारे समाचार प्रकाशन गरेका थिए। तर, संरक्षण पाएका कारण उनले सजायबाट उम्किन सफल भएका थिए।

उक्त रुपन्देहीको बिषयमा पत्रकार  नरेस केसिले समेत आफ्नो फेस्बुकामा लेखेका छ्न  रुपन्देही मालपाेत कार्यलय प्रमुख हुदा नै कुमार आचर्य अख्तियारकाे फन्दामा पर्छन जस्ताे लाग्थयाे । उनले गरेकाे धेरै बद्मासिकाे हामिले समाचार पनि लेख्याै । तर त्यतिबेला बालबाल बचेका थिए । तर बद्मास एकदिन अवश्य पक्राउ पर्छ भने झै अाचार्य भक्तपुर मालपाेत पुगेपछि साढे २४ लाख सहित पक्राउ परे… यस्ता भ्रस्ट कर्मचारिले जनतासँग प्रत्यक्ष जाेडिएका मालपाेत र नापि ध्वस्त बनाए । रुपन्देहीकाे भैरहवा बुटवल मालपाेत र नापिमा अहिले पनि धेरै जनगुनासाे छन् ।

नागरिक सेवामा गम्भीर आघात भएको छ  मालपोत र नापी कार्यालयजस्ता जनतालाई प्रत्यक्ष सेवा दिने निकायमा हुने यस्ता भ्रष्ट गतिविधिहरूले आम नागरिकमा निराशा उत्पन्न गराइरहेको छ। विशेषगरी मालपोतजस्ता स्थानमा जग्गा नामसारी, पूर्जा हस्तान्तरणजस्ता सेवामा लापरवाही र घुस प्रकरण बढिरहेका बेला कुमार आचार्यजस्ता अधिकारीको पक्राउले सानोतिनो सन्तोष दिएको छ। तर, यस्ता कार्याकालमा गरिएका पुराना भ्रष्टाचारसमेत छानबिन हुनु जरुरी देखिन्छ।

कुमार आचार्यको गिरफ्तारी एक सकारात्मक संकेत भए पनि सम्पूर्ण मालपोत प्रणालीमा सुधार ल्याउन अझ कडा निगरानी, स्वचालित प्रक्रिया र भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि  कारबाही  अति आवश्यक छ। रुपन्देहीदेखि भक्तपुरसम्मको उनको विवादास्पद कार्यकालले मालपोत प्रणालीमा भएको भ्रष्टाचार सबै बाहिर ल्याउनु प्रछ र कर्मचारी लाई राजनीति संरक्षण पाइएको देखिए संबंधित राजनीति ब्यक्ति लाई समेत कारबाही हुन प्रछ अनि मात्र यस्ता भ्रष्टाचार रोकिन सक्छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?