आज मिति २०८२ पुस २० गते आईतवार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : मेष राशि भएकाहरूका आज समय शुभ छ। पराक्रम र प्रसिद्धि बढाउने समय छ। त्यसैले सानातिना कुरामा अलमलिएर समय खेर नफाल्नु होला। सामाजिक कार्यमा सहभागी बन्नु होला।

- Advertisement -Workplace

वृष : वृष राशि भएकाहरूका लागि आज समय शुभ छ। व्यापार व्यवसाय राम्रो हुनेछ। आर्थिक लगानी बढाउन अनुकूल छ। नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। कारोबारमा सुधार आउने योग छ। प्रशंसकहरू बढ्नेछन्।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि समय शुभ छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरूसँग भेटघाट तथा रमाइलो गरिने छ। घरपरिवारमा राम्रो छ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ।

कर्कट : आज कर्कट राशि भएकाहरूका लागि समय शुभ छ। तपाईंको राशिमा चन्द्रमाले साँझपखबाट प्रवेश गर्ने भएकाले उत्साह र उमङ्ग बढ्नेछ। तर, आज दिउँसोको समयमा भने धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ। नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ। पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ। मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ। देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ। धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। मातापिता र अभिभावक वर्गको स्वास्थ्यमा सुधार आउने छ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छ। दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ। ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। व्यापार फस्टाउने छ। सानो प्रयासले रोकिएको काम बन्नेछ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ। कडा परिश्रम व्यर्थै खेर जान सक्छ। बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ। दिउँसोबाट निराशाको अन्त्य हुनसक्छ।

धनु : धनु राशिका लागि आज समय शुभ छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मेजमानीको अनुकूलता प्राप्त हुनेछ। दाम्पत्य सम्बन्ध सुखद रहनेछ। प्रेमको बन्धनमा बाँधिने बेला छ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ।

मकर : मकर राशि भएकाहरूका लागि समय शुभ छ। शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ। आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ। यात्रा लाभप्रद बन्न सक्छ।

कुम्भ : कुम्भ राशिका लागि आज समय शुभ छ। ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्। छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ। बन्दव्यापारबाट लाभ मिल्नेछ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय शुभ छ। घरपरिवारभित्रका विविध समस्यामा समाधान हुने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाँडका विषयमा केन्द्रित हुने दिन छ। घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ। दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?