icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

लागू औषधसहित दुई जना पक्राउ

रुपन्देही — सियारी गाउँपालिका–७, कनरी क्षेत्रबाट लागू औषधसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

Workplace

प्रहरीका अनुसार लु.६२.प.११०९ नम्बरको मोटरसाइकलमा सवार पर्वत जिल्ला धौलागिरी गाउँपालिका–३ निवासी २४ वर्षीय युवराज पुन र मोटरसाइकलको पछाडि सवार पाल्पा जिल्ला तानसेन नगरपालिका–१४ का २१ वर्षीय बिकास ज्ञवालीलाई नियन्त्रणमा लिइएको हो।

निजहरूको खानतलासी गर्दा Diazepam, Buprenorphine Hydrochloride र Promethazine नामक लागू औषधका ९०/९० एम्पुल फेला परेको प्रहरीको भनाइ छ। उनीहरू सवार मोटरसाइकलसहित पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनामाथि हाल आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले नेपाल खोज खबरलाई जानकारी दिएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?