icon
निर्वाचन
२ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

इजरायल–इरान युद्धको चपेटामा परेका नेपालीहरूको सुरक्षाबारे उच्चस्तरीय बैठक, उद्धारका लागि चौबीस घन्टा सक्रिय युनिट गठन

काठमाडौं, असार ६ — इजरायल र इरानबीच चुलिँदो युद्धको जोखिमपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै ती मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ। नेपाली नागरिकको सुरक्षा र सम्भावित उद्धारको विषयमा आज परराष्ट्र मन्त्रालयमा गृहमन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीहरूको संयुक्त बैठक सम्पन्न भएको छ।

Workplace

बैठकमा ती मुलुकमा रहेका नेपालीहरूको अवस्थालाई गम्भीरताका साथ मूल्यांकन गर्दै तत्कालीन तथा दीर्घकालीन रणनीति तय गरिएको छ। युद्ध सुरू भएदेखि नै नेपालले त्यस क्षेत्रको परिस्थितिलाई विशेष चासोका साथ हेर्दै आएको र नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरदसिंह भण्डारीको उपस्थितिमा तीनै मन्त्रालयका सचिवहरू सहभागी थिए। बैठकमा इजरायल, इरान वा अन्य प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई सुरक्षित उद्धार गर्न आवश्यक समन्वय र कार्यविधिबारे गहिरो छलफल भएको थियो।

परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका तथा स्वदेश फर्कन चाहने नेपालीहरूका लागि विशेष पोर्टल सञ्चालनमा ल्याएको छ। उक्त पोर्टलमा आफूलाई स्वदेश फर्कन चाहने नेपालीहरूले अनिवार्य रूपमा दर्ता गर्न अपिल गरिएको छ। यो प्रक्रिया उद्धारको प्राथमिकताक्रम तोक्न र व्यवस्थापन गर्न महत्त्वपूर्ण हुने जनाइएको छ।

बैठकमा अझै प्रभावकारी कार्यान्वयनको लागि तीन मन्त्रालयका अधिकारीहरूको समन्वयमा चौबीसै घण्टा सञ्चालन हुने ‘विशेष युनिट’ परराष्ट्र मन्त्रालयमा स्थापना गर्ने निर्णय समेत गरिएको छ। यो युनिटले आपत्कालीन अवस्था, उद्धार कार्य, नागरिकको सूचना संकलन तथा अन्तर्राष्ट्रिय समन्वयको जिम्मा लिनेछ।

नेपाल सरकारले आपत्कालीन अवस्थालाई गम्भीरताका साथ लिँदै युद्ध प्रभावित क्षेत्रका नेपालीहरूको जीवन रक्षाका लागि सबै पक्षसँग समन्वय गर्न तयार रहेको पनि बैठकमा स्पष्ट गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?