अमेरिकाको लस एन्जलसमा भएको दंगामा जलाइयो गूगलका स्वचालित कारहरू

अमेरिकाको लस एन्जेलस शहरमा आप्रवासीहरूमाथिको धरपकडको विरोधमा भइरहेको हिंस्रक प्रदर्शनका क्रममा गूगलका स्वचालित कारहरू जलाइएको छ ।

Workplace

आइतवार प्रदर्शन हिंस्रक बन्दै जाँदा प्रदर्शनकारीहरूले गूगलको वेमो कारमा आगजनी गरेका हुन् ।

लस एन्जेलस टाइम्समा प्रकाशित समाचार अनुसार, ट्रम्प प्रशासनले आप्रवासीहरूमाथिको धरपकड बढाएपछि त्यसको विरोधमा गरिएको प्रदर्शन अनियन्त्रित बनेको थियो । सुरुमा प्रदर्शन शान्तिपूर्ण नै थियो तर पछि गएर प्रदर्शनकारी र प्रहरीबीच तनाव बढेको थियो ।

त्यसैक्रममा प्रदर्शनकारीहरूको एक समूहले एलए स्ट्रीटमा पार्क गरेर राखिएका स्वचालित वेमो कारहरूको सिसा फुटाएका थिए, टायर काटिदिएका थिए र कतिपय विद्युतीय गाडीमा आगजनी गरेका थिए ।

दिनदहाडै भएको यो हिंस्रक घटनाले लस एन्जेलसवासीहरूलाई स्तब्ध बनाएको थियो । आगजनी गरिएका गाडीहरूबाट धूवाँको मुश्लो उठेसँगै अनायास हरन पनि बज्न थालेको थियो ।

उता प्रदर्शनकारीहरूले चर्को नारा लगाएका थिए र सुरक्षाकर्मीका हेलिकप्टर उनीहरूमाथि उडिरहेका थिए ।

राष्ट्रपति डोनल्ड ट्रम्पले लस एन्जेलसमा नेसनल गार्ड सुरक्षाकर्मीहरू तैनाथ गर्ने निर्णय लिएपछि विरोध प्रदर्शन चर्किएका हुन् । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिलाई बेवास्ता गर्दै ट्रम्पले नेसनल गार्ड तैनाथीको निर्णय लिएका हुन् ।

गभर्नरको स्वीकृति विना नै राष्ट्रपतिले यसरी नेसनल गार्ड तैनाथी गर्ने निर्णय अमेरिकी इतिहासमा दुर्लभै हुन्छ ।

अप्रावसन सम्बन्धी सरकारको नीतिका विरुद्ध भइरहेको प्रदर्शन रोक्नका लागि नेसनल गार्ड तैनाथ गरिएको भए पनि त्यसले प्रदर्शनकारीहरूलाई थप उत्तेजित बनाएको थियो ।

आइतवार नै लगभग ३०० संघीय सुरक्षाकर्मी लस एन्जेलस पुगेका थिए । त्यसले नागरिक स्वतन्त्रलाई हनन गरेको भनी धेरैले गुनासो गरेका थिए ।

गूगलको वेमो कार लस एन्जेलसमा सन् २०२४ को अन्त्यतिरबाट मात्र सञ्चालनमा आउन थालेको हो । तर त्यसको लोकप्रियता बढेपछि अहिले लस एन्जेलसका सडकहरूमा त्यस्ता गाडी बाक्लै गरी गुड्ने गरेका छन् ।

वेमो कम्पनीका प्रवक्ताले आफूहरूको गाडीमा आक्रमण भएपछि स्थानीय प्रहरीलाई सम्पर्क गरेको बताए । भर्खर स्वचालित गाडीहरूको लोकप्रियता बढिरहेको बेलामा यसरी तोडफोढ र आगजनी हुँदा कम्पनीलाई धक्का लागेको बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?