आज मिति २०८३ भाद्र १५ गते सोमबार आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आज धेरै राशिहरूका लागि आर्थिक लाभ र सामाजिक मान-प्रतिष्ठा मिल्ने दिन रहेको छ।
  • कतिपय राशिले स्वास्थ्य र खानपानमा विशेष सावधानी अपनाउनु आवश्यक देखिएको छ।
  • नयाँ कामको थालनी गर्दा वा महत्वपूर्ण निर्णय लिँदा परिवार र अग्रजको सल्लाह लिनु फलदायी हुनेछ।

🌼🌻🙏🙏

Workplace

मेष: दिन फलदायी छ। मिठासपूर्ण बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको नयाँ अवसर मिल्नेछ भने दाजुभाइ तथा बन्धुबान्धवसँगको सहकार्यले आर्थिक लाभ दिलाउनेछ। पारिवारिक सल्लाहमा अघि बढ्नु उत्तम हुनेछ।

वृष: गुम्न लागेको धन वा सम्पत्ति फिर्ता हुने योग छ। वैदेशिक रोजगारीका नयाँ विकल्पहरू खुल्नेछन्। स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिनेछन्। यद्यपि, शिक्षा क्षेत्रमा सफलता पाउन थप मिहिनेतको आवश्यकता छ।

मिथुन: दिन मध्यम रहेकाले बोलीमा संयमता अपनाउनुहोला। व्यापार-व्यवसायमा नयाँ लगानी गर्दा जोखिम हुनसक्छ। ठूला व्यक्तिहरूसँगको व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ। उत्तरतातर्फको यात्रा टाल्नुहोला, तर राजनीतिक क्षेत्रमा भने वातावरण सहज बन्नेछ।

कर्कट: बोलीको प्रभावले कार्यसम्पादनमा सहजता आउनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको उचित फल मिल्नेछ। आज पश्चिम दिशाको लामो यात्रा नगर्नुहोला।

सिंह: कामको चाप बढ्नेछ। व्यवसायमा एक्लै लगानी गर्नुभन्दा सहकार्यमा काम गर्दा फाइदा हुनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा थप लगनशीलता आवश्यक देखिन्छ।

कन्या: सरकारी वा राज्यपक्षको कामबाट सफलता र प्रसन्नता मिल्नेछ। धार्मिक यात्राको योग छ र पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ। तर, खानपानमा ध्यान नदिँदा स्वास्थ्य समस्याले सताउन सक्छ।

तुला: समाजमा मानसम्मान र प्रतिष्ठा बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको प्रयासले सफलता दिलाउनेछ। प्रेम सम्बन्ध मधुर रहनेछ। कुनै पनि नयाँ काम गर्दा अग्रजहरूको सुझाव लिनु हितकर हुनेछ।

वृश्चिक: मनमा शान्ति मिल्नेछ र पुराना स्वास्थ्य समस्यामा सुधार आउनेछ। मिहिनेतको पूर्ण फल प्राप्त हुनेछ। शिक्षा र सामाजिक कार्यबाट नाम र दाम दुवै कमाउने अवसर मिल्नेछ।

धनु: सञ्चित धन खर्च हुनुका साथै अनावश्यक भागदौड वा यात्रा हुन सक्छ। तर, धार्मिक क्षेत्रको भ्रमणले मानसिक शान्ति दिनेछ। दिनलाई सहज बनाउन दानपुण्यबाट दिनको सुरुवात गर्नुहोस् र महत्त्वपूर्ण काम अघि ठूलाको सल्लाह लिनुहोस्।

मकर: नजिकका व्यक्ति वा प्रियजनबाट धोका हुनसक्ने भएकाले सचेत रहनुहोला। मनमा नकारात्मक विचार आउन सक्ने र स्वास्थ्यमा समस्या बढ्ने देखिन्छ। हरेक काममा कडा मिहिनेत आवश्यक छ। निर्णय लिँदा परिवारको सल्लाह लिनुहोला।

कुम्भ: सामाजिक क्षेत्रमा पद-प्रतिष्ठा बढ्नेछ। विरोधी वा प्रतिस्पर्धीहरूले पनि साथ दिनेछन्। घरजग्गाको कारोबारबाट विशेष फाइदा हुनेछ भने मन प्रसन्न रहनेछ।

मीन: आम्दानीका स्रोतहरू बढ्नेछन् र साथीभाइको राम्रो सहयोग मिल्नेछ। राजनीति तथा समाजसेवामा गर्नुभएको योगदानको कदर र प्रशंसा हुनेछ। प्रेम सम्बन्धमा थप प्रगाढता आउनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?