
- धौलीगंगा पावरस्टेसनको बाँध खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्नेछ।
- बुधबार बिहानदेखि बिहीबार अपराह्नसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सुरक्षित रहन सूचित गरेको छ।
काठमाडौ – दार्चुलाको धौलीगंगा पावरस्टेसनको सिल्ट सरसफाईका लागि बाँध खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय, बैतडीले जनाएको छ ।

बुधबार (आज) बिहान ६ बजे देखि बिहीबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई आवश्यक पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, बैतडीले आग्रह गरेको छ ।
