वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना प`क्राउ

काठमाडौ – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Workplace

- Advertisement -Workplace

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

दुवै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ। ‘एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुवै जना फरार रहेका थिए,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

पराजुली काठमाडौं-१६ सरस्वतीनगर बस्दै आएका थिए भने शर्मा काठमाडौं-३२ नरेफाँटमा बस्दै आएका थिए। पराजुलीकी श्रीमतीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?