icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना प`क्राउ

काठमाडौ – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

Workplace

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

दुवै जनालाई काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ। ‘एकै जनाबाट ५० लाख रुपैयाँसम्म उठाएको पाइएको छ, रकम उठाएपछि दुवै जना फरार रहेका थिए,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

पराजुली काठमाडौं-१६ सरस्वतीनगर बस्दै आएका थिए भने शर्मा काठमाडौं-३२ नरेफाँटमा बस्दै आएका थिए। पराजुलीकी श्रीमतीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?