नेपाली कांग्रेसकको शेखर कोइराला समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला

Workplace

काठमाडौ – नेपाली काँग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकको शेखर कोइराला समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ।

- Advertisement -Workplace

शुक्रवार कोइराला निकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत विराटनगरमा भेला भएका हुन् ।

भेलाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय समेत गरेको काँग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार भेलामा १५ औँ महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको सङ्गठन, चुनौतीहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको छ।

भेलाले ‘रि-भिजिट बिपी, रिभाईभ कांग्रेस’ को नारामा केन्द्रित भएर पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। अबको कांग्रेस चाल, चेहरा र चरित्र  सहितको कांग्रेसको आवस्यक्ता जरुरी रहेको उल्लेख गर्दै सहभागीहरूले त्यसमा केन्द्रित हुन नेतृत्व वर्गलाई आग्रह समेत गरेका छन्।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापति दीपक चापागाईँ भन्छन्, ‘सबैभन्दा ठुलो गुनासो चाहिँ एकपक्षीय रूपमा सबै निर्णहरु भइरहेको छ र अर्को पक्षीयले पार्टी भित्र काम गर्नै नदिने अवस्था सृजना भएको छ।’

भेलामा कोइराला पक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
गुरुराज घिमिरे भन्छन्, ‘पार्टीमा के हुनुपर्दथ्यो ? के भइरहेको छ ? आग्रह पूर्वाग्रह नराखी भेला गरेका हौँ । साङ्गठनिक अवस्थाबारे चर्चा गर्न पनि छलफलको आयोजना गरेका हौँ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?