icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको टिप्पणी

काठमाडौ – प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको टिप्पणी गरेका छन्।

Workplace

शुक्रबार  बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले नेपालविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेको टिप्पणी गरेका हुन्।

‘माधवजीले म छिट्टै सफाइ लिएर फर्किन्छु भनेर उहाँले नै भन्नुभएको छ।

उहाँले अदालतप्रति मेरो विश्वास छ भनेर भन्नुभएको छ। मैले पनि उहाँमाथि पक्कै अदालतले न्याय नै गर्छ भन्ने ठान्छु। प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएको छ,’ दाहालले भने।

उनले अख्तियारले पनि गम्भीर प्रश्न जन्माएको बताए। ‘पहिले अख्तियारले नै कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे कुरा उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ, क्याबिनेटले नै गरोस् भन्ने मैले आफैँले हेरेको छु त्यो चिठी। माधवजीले गरेको त जे गरेको भए पनि नीतिगत नै निर्णय हो, त्यसैमा फेरि प्रवेश गरेकाले प्रश्न उठेको छ, सायद जवाफ देला,’ उनले भने।

नेपालविरुद्ध अख्तियारले जेठ २२ गते मुद्दा दायर गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?