२६ फाल्गुन २०८२, मंगलबार

चलचित्रहरूकाे बीचमा नेपाली समाजकाे यथार्थ चित्रण लिएर आएकाे  नेपाली कथानक चलचित्र काेशेढुङ्गा

सुभाष ज्ञवाली – सारङ्गी फिल्मस् द्वारा निर्मित यस चलचित्रले समाजकाे तिताे सत्य र यथार्थ बाेकेर आफूलाई सामाजिक र महिला प्रधान चलचित्रका रूपमा उभ्याएकाे छ ।

Workplace

चलचित्रहरू धेरै आए–गए, तर नेपाली समाजको यथार्थ रूप देखाएर आउने फिल्म कमै भेटिन्छन्। यही बीचमा सारङ्गी फिल्म्सले बनाएको “काेशेढुङ्गा” ले भने हाम्रो गाउँ–ठाउँ, दुःख–सुख र आजको कडुवा सत्यलाई पर्दामा उभ्याएको छ।

नेपाली युवाहरू चरम गरिबीकाे चपेटामा परेर स्वदेशमा राेजगारीका कुनै विकल्प नदेखी विदेशिनु परेकाे हालकाे अवस्था, विदेशी भूमीमा आईपर्ने समस्याहरू, समस्या समाधान गर्ने क्रममा परिवारका सम्पूर्ण सदस्यले भाेग्नु परेकाे पीडा र अर्काेतर्फ विदेशबाट फर्केर आफ्नै भूमीमा मिहनेत गरे सुन फलाउन सकिन्छ भन्ने सन्देश काेशेढुङ्गाका कलाकारहरूले निकै उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् ।

मुख्य भुमिकामा सुरक्षा पन्तकाे अभिनयले दर्शकहरूलाई मनाेरञ्जनका साथै भावनामा बहन बाध्य तुल्याउछ र महिलाहरू समाजका अभिन्न अंग हुन, समयअनुसार महिलालाई पनि हरेक क्षेत्रमा समावेश र जिम्मेवारी दिनुपर्छ, हरेक परिस्थितिमा पुरूष सरह महिलाले पनि आफूलाई उभ्याउन सक्छन भन्ने देखाउन खाेजिएकाे छ ।

चलचित्रमा अन्य कलाकारहरू आर्यन सिग्देल, प्रविन खतिवडा, रिचा शर्मा नीति शाह, मञ्जिल कुमार, सराेज खनाल लगायतका कलाकारकाे उत्कृष्ट अभिनयले चलचित्रलाई जिवन्त बनाएकाे छ ।

त्यसैले नेपाली दर्शकहरूले नछुटाई एकपटक हेर्नै पर्ने चलचित्रकाे रूपमा काेशेढुङ्गाले आफूलाई उभ्याएकाे छ ।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुमा कांग्रेस का खड्ग बहादुर शाही बिजय।

छुटाउनुभयो कि ?