चलचित्रहरूकाे बीचमा नेपाली समाजकाे यथार्थ चित्रण लिएर आएकाे  नेपाली कथानक चलचित्र काेशेढुङ्गा

सुभाष ज्ञवाली – सारङ्गी फिल्मस् द्वारा निर्मित यस चलचित्रले समाजकाे तिताे सत्य र यथार्थ बाेकेर आफूलाई सामाजिक र महिला प्रधान चलचित्रका रूपमा उभ्याएकाे छ ।

Workplace

चलचित्रहरू धेरै आए–गए, तर नेपाली समाजको यथार्थ रूप देखाएर आउने फिल्म कमै भेटिन्छन्। यही बीचमा सारङ्गी फिल्म्सले बनाएको “काेशेढुङ्गा” ले भने हाम्रो गाउँ–ठाउँ, दुःख–सुख र आजको कडुवा सत्यलाई पर्दामा उभ्याएको छ।

- Advertisement -Workplace

नेपाली युवाहरू चरम गरिबीकाे चपेटामा परेर स्वदेशमा राेजगारीका कुनै विकल्प नदेखी विदेशिनु परेकाे हालकाे अवस्था, विदेशी भूमीमा आईपर्ने समस्याहरू, समस्या समाधान गर्ने क्रममा परिवारका सम्पूर्ण सदस्यले भाेग्नु परेकाे पीडा र अर्काेतर्फ विदेशबाट फर्केर आफ्नै भूमीमा मिहनेत गरे सुन फलाउन सकिन्छ भन्ने सन्देश काेशेढुङ्गाका कलाकारहरूले निकै उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् ।

मुख्य भुमिकामा सुरक्षा पन्तकाे अभिनयले दर्शकहरूलाई मनाेरञ्जनका साथै भावनामा बहन बाध्य तुल्याउछ र महिलाहरू समाजका अभिन्न अंग हुन, समयअनुसार महिलालाई पनि हरेक क्षेत्रमा समावेश र जिम्मेवारी दिनुपर्छ, हरेक परिस्थितिमा पुरूष सरह महिलाले पनि आफूलाई उभ्याउन सक्छन भन्ने देखाउन खाेजिएकाे छ ।

चलचित्रमा अन्य कलाकारहरू आर्यन सिग्देल, प्रविन खतिवडा, रिचा शर्मा नीति शाह, मञ्जिल कुमार, सराेज खनाल लगायतका कलाकारकाे उत्कृष्ट अभिनयले चलचित्रलाई जिवन्त बनाएकाे छ ।

त्यसैले नेपाली दर्शकहरूले नछुटाई एकपटक हेर्नै पर्ने चलचित्रकाे रूपमा काेशेढुङ्गाले आफूलाई उभ्याएकाे छ ।

 

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?