बर्खा सुरु भएसँगै मुगुको सालिम गाउँमा त्रास५वर्षदेखि चर्केकै घरमा बस्न त्यहाँका स्थानीय बासी बाध्य।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको सालिम गाउँमा ५ वर्षअघिको पहिरोको त्रासदीले स्थानीयबासी अहिले पनि रातभर जाग्राम बस्न बाध्य छन्।
  • चर्केका र भत्किन लागेका घरमै ज्यान जोखिममा राखेर बस्न उनीहरू बाध्य भएपनि सुरक्षित स्थानान्तरणको पहल भएको छैन।
  • सरकारी निकायबाट प्रभावकारी कदम नचालिँदा यहाँका बासिन्दा पुनः अर्को ठूलो दुर्घटनाको उच्च जोखिममा छन्।

रतन रावल गमगढी, मुगु।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ११ म पर्ने साविको रोवा गाविश  मा अवस्थित सालिम गाउँका स्थानीयबासीका लागि बर्खायाम सुरु भएसँगै फेरि कहालीलाग्दो रातको सिलसिला सुरु भएको छ। वि.सं. २०७९ साल असोज महिनाको २५ गते आएको अविरल वर्षा र भीषण बाढीपहिरोले ८ जनाको ज्यान लिएको त्यो कालो दिन सम्झिँदै अहिले पनि यहाँका स्थानीय बासिन्दा डरले काँप्ने गर्छन्। आकाशमा बादल मडारिने बित्तिकै सालिमबासी को आँखाबाट निद्रा गायब हुन्छ र उनीहरू रातभर जागरण बस्न बाध्य हुन्छन्।
५ वर्षदेखि चर्केकै घरमा जोखिमपूर्ण जीवन कटाउँदै आइरहेका स्थानीय बासी बाँच बहादुर एडि भन्नु हुन्छ। अब त बर्खायाम सुरु भयो दिनभरो थाकन त्यो कामले गर्दा साँझपख  घर आउने बेला पुरानै त्यो घटनाको याद आउँछ फेरि पनि बर्खायाम लाग्यो यो गाउँ पहिरोको उच्च जोखिममा छ। कतिखेर के हुने हो थाहा छैन भन्नुहुन्छ ऐडि। सालिम गाउँमा विपद् आएको वर्षौँ बितिसक्दा पनि सुरक्षित स्थानान्तरण वा तटबन्धको कुनै ठोस पहल हुन सकेको छैन। स्थानीयबासीहरू भन्छन विगत ५ वर्ष अगाडिदेखि पहिरोले चर्केका र भत्किन लागेका उनै पुराना घरहरूमा ज्यान हत्केलामा राखेर बस्न विवश छौ “आकाशबाट पानी पर्न थालेपछि कुन बेला पहिरोले पुर्ने हो भन्ने डरले रातभर सुत्न सकिँदैन, साना केटाकेटी समातेर सुरक्षित ठाउँ खोज्दै हिँड्नुपर्छ, सालिम गाउँकि स्थानीयवासी मन्दिरा सावत ले आफ्नो पीडा पोखिन अहिलेसम्म कुनै पनि संघसंस्था प्रदेश सङ्घ र स्थानीय सरकारले नहेरेको बताएकि छिन।विपद् लगत्तै केही राहत र आश्वासन पाए पनि स्थायी समाधानका लागि स्थानीय सरकार सङ्घ सरकार र प्रदेश सरकारबाट र जिल्ला विपद व्यवस्थापन समिति बाट अहिलेसम्म कुनै प्रभावकारी कदम चालिएको छैन। सुरक्षित बस्ती विकास वा जोखिम न्यूनीकरणका कार्यक्रमहरू कागजमै सीमित हुँदा गरिब र असहाय स्थानीयबासीहरू प्रकृतिसँग सम्झौता गरेर बस्न बाध्य छन्। ५ वर्ष अघिको चर्केको घर र २०७९ को सामूहिक मृत्युको झल्कोले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ।बर्खाको समयमा सडक र सञ्चार ठप्प हुने मुगुको भौगोलिक विकटताका कारण यहाँ थप मानवीय क्षति हुन नदिन सम्बन्धित निकायले तत्काल ध्यान दिनु जरुरी छ। सालिम गाउँलाई पहिरोको जोखिमबाट बचाउन वा बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न ढिलाइ गरिएमा फेरि अर्को ठूलो दुर्घटना निम्तिन सक्ने निश्चित छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?