राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरेका छन।

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ।

Workplace

मंगलबार प्रतिनिधि सभामा बोल्दै रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीमाथि छानबिनका लागि आयोग गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिए।

- Advertisement -Workplace

उनले अख्तियारको अनुसन्धानमा सघाउनुपर्नेमा गृहमन्त्रीले उल्टै सहसचिवको सरुवा गरेर अनुसन्धानमा अवरोध गरेको आरोप लगाए। उनले राजनीतिक संरक्षणमै विमानस्थलमा लुटको धन्दा चलाइएको दाबीसमेत गरे।

‘कानुन जानेका गृमन्त्री हुनुहुन्छ, कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने? अनुसन्धान कर्मचारीको मात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ,’ उनले भने, ‘तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ। अहिलेका गृहमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान दबाउनुभएको छ। सहकारीको मुद्दामा रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदहरूलाई बोलाएर प्रहरी प्रमुखको कार्यकक्षमा चिया खुवाएर पठाएको छ। अनि हामीले कसरी विश्वास गर्ने निष्पक्ष हुन्छ भनेर?’

उनले विवादित पृष्ठभूमिका सहसचिवलाई अध्यागमनमा पठाइएकाले त्यहाँ गृहमन्त्रीको पनि स्वार्थ जोडिएको हुनसक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरे।

उनले गृहमन्त्री पदमा रहँदा उनकै मातहतमा रहने निकायहरूले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?