राष्ट्रियसभा बैठक आज बस्दै: प्रधानमन्त्री शाहले प्रतिवेदन पेस गर्ने

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दैछ।
  • बैठकमा राष्ट्रपति कार्यालयको पत्र वाचन र विभिन्न मन्त्रालयका प्रश्नको जवाफ दिइनेछ।
  • प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने र संकल्प प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।

काठमाडौ – संघीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दैछ।

Workplace

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने मुख्य कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

साथै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह गरिमा ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?