चार दशकसम्म नेपाली खेलकुदको भार धान्दै आएको बहुउद्देश्यीय कभर्ड हलको पुनर्निर्माण सुरु

काठमाडौ – चार दशकसम्म नेपाली खेलकुदको भार धान्दै आएको राष्ट्रिय खेलकुद परिषद्को हाताभित्र रहेको बहुउद्देश्यीय कभर्ड हलको पुनर्निर्माण सुरु भएको हो  ।

Workplace

कमजोर पूर्वाधारका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नै समस्या हुन थालेपछि राष्ट्रिय खेलकुद परिषद्ले कभर्ड हल पुनर्निर्माण गरेर अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागेको हो । आगामी असार १५ गतेभित्र पुनर्निर्माण सकिने राखेपले जनाएका छन।

२०३५ सालमा राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य-सचिव शरदचन्द्र शाहको पालामा निर्माण भएको राखेपको बहुउद्देश्यीय कभर्ड हलले नेपाली खेलकुदको भार धानेकै चार दशक भइसक्यो । योबीचमा खेलकुद मन्त्रालय र राखेपमा कयौं नेतृत्व फेरियो । तर, कभर्ड हलको मुहार कहिल्यै फेरिएन ।

२०७२ सालको विनाशकारी भूकम्पले यो हलमा ठूलो क्षति पुग्यो ।

भूकम्पपछि राखेपले कभर्डहलको अगाडिको संरचना परिवर्तन गरियो को थियो ।

तर, भित्री संरचना भने यथावतै थियो । अहिले भित्री संरचना पुनर्निर्माण गरी कभर्डहललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन लागिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जनाउनु भयो ।

कभर्ड हल पुनर्निर्माण गर्न राखेपले सरकारसँग ९ करोड रुपैयाँ माग गरेको थियो । तर, चालु आर्थिक वर्षको बजेटमा ५ करोड मात्र निकासा भएकाले त्यही बजेटबाट अहिले काम थालिएको हो ।

कभर्ड हल बनाउन राखेपले ४ करोड २८ लाख रुपैयाँमा सुनकोशी कन्स्ट्रक्सन प्रालिलाई जिम्मा दिएको हो । ६० दिनभित्र निर्माण सक्न गत वैशाख २५ गते सम्झौता भएको हो । सबै क्षेत्रमा एकैचोटी काम भइरहेकाले आगामी असार १५ गतेभित्रै निर्माण सम्पन्न हुने राखेप र निर्माण कम्पनीले विश्वास लिएका छन् ।

पुनर्निर्माण गरिएको कभर्ड हल साउन्ड प्रुफको हुनेछ । कभर्ड हलमा एयर कन्डिसनसमेत जडान गरिने भएको छ । १५ सयको हाराहारीमा रहेको सिट क्षमता पनि केही बढाइँदै छ । भिआइपी कक्ष, रेस्ट रुम, चेन्जिङ रुम, शौचालय, बिजुली लगायतको व्यवस्था गुणस्तरीय बनाइनेछ ।

कभर्ड हलमा काठको रेलिङको सट्टा स्टिल राखिनेछ भने ढोका पनि परिवर्तन गरिँदै छ । भिआइपी कक्षमा प्रवेश गर्न यसअघि एउटा मात्र भर्‍याङ रहेकोमा अब दुई वटा बनाइएको छ ।

त्यसो त अर्को कभर्ड हल बनाउनुपर्ने माग पनि हुँदै आएको छ । तर, सरकारले तत्काल अर्को बनाउन नसकेपछि राखेपले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न समस्या नहोस् भनेर पुरानैलाई पुनर्निर्माण गरेको हो । यो हल पुनर्निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा हुनेछ । तर, सिट क्षमताको हिसाबले भने अपुग नै रहनेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?