icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

रवीन्द्र मिश्र थुनामुक्त हुने सर्वोच्चको आदेश

काठमाडौं,  — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। अदालतको आदेशसँगै उनी अब रिहा हुने  मार्ग खुलेको छ।

Workplace

सर्वोच्च अदालतका न्यायाधीशहरूको इजलासले बिहीबार मिश्रको थुनाबारे सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। अदालतले यसअघि उनलाई थुनामा राख्नका लागि ठोस आधार नदेखिएको भन्दै तत्काल रिहा गर्न निर्देशन दिएको हो।

रवीन्द्र मिश्रलाई केही समयअघि एक विवादास्पद अभिव्यक्तिका आधारमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई राष्ट्रिय एकता, संवैधानिक व्यवस्था तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने अभिव्यक्तिको आरोपमा अनुसन्धानका लागि थुनामा राखिएको थियो।

तर मिश्र पक्षले त्यसलाई अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। सोही रिटमाथिको सुनुवाइपछि अदालतले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो।

थुनामुक्तीको आदेशपछि राप्रपाका नेता तथा कार्यकर्ताहरूले अदालतको निर्णयको स्वागत गरेका छन्। पार्टीले विज्ञप्ति जारी गर्दै यो आदेशलाई न्यायको जीतका रूपमा ब्याख्या गरेको छ।

रवीन्द्र मिश्र पूर्वपत्रकार तथा विवेकशील साझा पार्टीका संस्थापकसमेत हुन्। उनी पछिल्लो समय राष्ट्रवाद, धर्मनिरपेक्षता तथा संवैधानिक विषयमा खुलेर बोल्ने गरेका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?