रास्वपाको ऐतिहासिक जितको खुसीयालीमा नयाँ दिल्लीमा बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • नयाँ दिल्लीमा प्रवासी नेपालीहरूले रास्वपाको निर्वाचन सफलतामा खुसीयाली मनाउँदै बधाई तथा शुभकामना आदान–प्रदान गरेका छन्।
  • नेपाली राजनीतिमा रास्वपाको उदयलाई नयाँ अध्यायको रूपमा व्याख्या गर्दै सहभागीहरूले परिवर्तनको पक्षमा खुसी व्यक्त गरेका छन्।
  • प्रवासमा रहेका नेपालीहरूको सक्रिय भूमिका र सहयोगले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पारेको कुरा कार्यक्रममा जोड दिइएको छ।

अर्जुन थापा नयाँ दिल्ली, – नेपालमा हालै सम्पन्न संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापित दलहरूलाई पछि पार्दै हासिल गरेको ऐतिहासिक सफलताको खुसीयालीमा भारतको राजधानी नयाँ दिल्लीमा प्रवासी नेपालीहरूबीच बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। प्रवासी नेपाली सम्पर्क मञ्च भारतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा दिल्लीस्थित विभिन्न पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Workplace

कार्यक्रममा सहभागीहरूले नेपालमा देखिएको राजनीतिक परिवर्तनप्रति खुसी व्यक्त गर्दै एक–अर्कालाई मिठाई खुवाएर बधाई साटासाट गरेका थिए। नेपालको पछिल्लो निर्वाचन परिणामलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले लामो समयदेखि नेपाली राजनीतिमा प्रभाव जमाउँदै आएका नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जस्ता स्थापित दलहरूलाई पछि पार्दै उल्लेखनीय सफलता हासिल गरेको  छ। प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक मततर्फ पनि रास्वपाले अग्रता कायम गरेको भन्दै सहभागीहरूले यसलाई नेपाली राजनीतिमा नयाँ अध्यायको रूपमा व्याख्या गरेका थिए।

कार्यक्रम प्रवासी नेपाली सम्पर्क मञ्च भारतका प्रमुख इन्जिनियर अर्जुन भण्डारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा दिल्लीसहित आसपासका गुरुग्राम, नोएडा, फरिदाबाद र गाजियाबाद लगायतका क्षेत्रबाट परिवर्तनका पक्षधर तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा भारत प्रवासका प्रमुख इन्जिनियर अर्जुन भण्डारीले यसपटकको निर्वाचन परिणाममा प्रवासमा रहेका नेपालीहरूको भूमिका पनि निकै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार प्रवासी नेपालीहरूले सामाजिक सञ्जालमार्फत जनचेतना फैलाउने, आफ्ना परिवार तथा आफन्तलाई मतदानका लागि प्रेरित गर्ने र परिवर्तनको पक्षमा जनमत निर्माण गर्ने कार्यमा सक्रिय भूमिका खेलेका थिए।

उहाँले परिवर्तनको यो अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रवासी नेपालीहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि प्रवासबाटै देशको समृद्धि, सुशासन र राजनीतिक सुधारका लागि रचनात्मक सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अन्य  सहभागीहरूले नेपालमा देखिएको राजनीतिक परिवर्तनलाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा नयाँ नेतृत्वले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास समेत व्यक्त गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?