अर्घाखाँचीमा जबरजस्ती करणी र बाल विवाह मुद्दाका फरार प्रतिवादी प`क्राउ

अर्घाखाँची – जबरजस्ती करणी तथा बाल विवाह मुद्दामा अदालतबाट सजाय तोकिएर ६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प`क्राउ गरेको छ।

Workplace

अर्घाखाँची  जिल्ला अदालत ले २०७५ साल माघ ८ गतेको फैसला र उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको २०७८ साल भदौ २९ गतेको फैसलाले जबरजस्ती करणी तथा बाल विवाह मुद्दामा दोषी ठहर गर्दै  दुई–दुई महिना कैद सजाय सुनाइएका बसन्ता के.सी (२९) र रेखा के.सी (२७) लाई जिल्ला प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जना प्यूठान जिल्ला, झिमरुक गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।

जिल्ला प्रहरीले उनीहरूलाई २०८१ साल फागुन १८ गते अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, शान्ति बगैचाबाट प`क्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेश गरेको थियो।

अदालतको आदेशअनुसार दुबैजनालाई अर्घाखाँची जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घटनाको संक्षिप्त विवरणअनुसार, बसन्ता के.सी. र रेखा के.सी. ले २०७४ साल चैत १६ गते १४ वर्षीया पीडितलाई विभिन्न प्रलोभन देखाई लोकेन्द्र भुसालसँग रागामारे मन्दिरमा बाल विवाह गराइदिएका थिए। त्यसपछि लोकेन्द्र भुसालले पीडितलाई जबरजस्ती करणी गरेको थियो। अदालतले लोकेन्द्र भुसाललाई जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद तथा रु. ५०,००००  जरिवाना र बाल विवाह मुद्दामा २ वर्ष २ महिना कैदको सजाय सुनाएको थियो।

हाल उनी अर्घाखाँची जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन्।

यस घटनामा संलग्न बसन्ता के.सी. र रेखा के.सी. लाई मतियारको भूमिकामा दोषी ठहर गरी अदालतले २–२ महिना कैद सजाय तोकेको थियो। उनीहरू भने ६ वर्षदेखि फरार रहँदै आएका थिए।

पक्राउ प्रक्रिया सफल पार्न खटिएको प्रहरी टोलीलाई धन्यवाद दिँदै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कानूनको पालना गराउन सबै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?