“एजेन्डा बिना चुनावकेन्द्रीत दलहरू “

काठमाडौ – यहीँ फागुन -२१गते हुनगएको प्रतिनिधि सभा निर्वाचनको कारण दलहरु यतिबेला निर्वाचन केन्द्रित भएका छ्न। गत माद्र २३र २४मा भएको जेन्जी बिद्रोहको कारण  ८४मा हुने निर्वाचन यतिबेला हुनलागेको हो। त्यसै अनुरुप  बनेको अन्तरिक सरकारले  चुनावको मिति फागुन २१मा तोकेको छ। उक्त प्रतिनिधि सभा निर्वाचनले देशलाई सहिदिशा दिनेछ। जनताबाटचुनिएका वा  प्रतिनिधित्व गर्ने प्रतिनिधिले जन अपेक्षा अनुसार उनिहरुका मागहरूलाई सम्बोधन गर्नेछ्न।।संसदबिधायिका हो जसले जनताका आवाजलाइ बुलन्द गर्ने ।त्यसै अनुरुप छ्लफल गरि संविधानका धारा हरुमा विधेक ल्याइ संसोधन गर्ने गर्दछ्न।अब देशमा यहीँ  निर्वाचित सरकारले बर्तमान देशको समस्यालाई सम्बोधन  गर्ने ।देशलाइ सहितह बाट संचालन गर्ने।जनताका अपेक्षा हरुलाइ सम्बोधन गर्ने ।स्थायी रुपमा शान्ति ल्याउने बिकाश निर्माण लाई तिब्र गतिमा अगाडि बढाउने  काम गर्नुपर्छ ।

Workplace

कुनैपनि राजनीतिक दलले जनतामाझ जाँदा आफ्ना चुनावी एजेन्डा के हुन ।के कस्ता योजना बोकेको छ।देश बनाउने उसको परिकल्पना कस्तो छ ?त्यो अनुसार प्रस्तुत हुन सक्नुपर्छ । जनताले बिश्वास स्वरुप आफ्नो बिबेकसिल मत दिने गर्दछ्न।दलहरु बिना योजना जनता माझ जानू उपयुक्त हुँदैन ।उनीहरुले चुनाव जितेर देशमा कस्तो कार्यक्रम लिएर आउनेहुन ।देशमा सरकार गठन देखि बिकाश निर्माण सम्बन्धि के कस्तो कार्यक्रम गर्ने ।देशमा कस्तो मोडलमा बिकाश गर्ने हो।त्यो बारे  दलहरूले नागरिकहरुलाइ उक्त एजेन्डा हरुका आधारमा जनबिस्वास लिइ अनुमोदन भएपछि मात्रै  उक्त कार्यक्रम गर्ने हो। प्रतिनिधि  बिधायिका कानुन बनाउने मात्रै नभइ उसको दलले सरकारको नेतृत्व गर्ने र प्रतिनिधि मन्त्री प्रधानमन्त्री सम्म हुन सक्छ।तर यो अबस्थामा चुनाविसहगर्मी तातेता पनि दलहरुबिच  एजेन्डा भन्दापनी एकाअर्कालाई गाली गलोज र तर्क बितर्क बाहेक केही देखिदैन ।कुनैपनी दलले आफ्ना प्रतिबद्धता हरु पस्किन सकेका छैनन् ।जसले गर्दा जनताहरु स्पष्ट खाका बिना दलहरु प्रस्तुति हुँदा आस्वस्त हुन सकेका छैनन् ।

हाम्रो देश प्राकृतिक सौर्न्दर्य रूपमा  बिस्वको एक नं देश भएता पनि यहाँ परिपक्व नेतृत्व नहुँदा  नहुँदा     बिकाश निर्माणमा चुकेको पाइन्छ।उत्तरी  छिमेकी देश चीन बिस्वको दोस्रो ठूलो अर्थतन्त्र  बोकेको मुलुक हो। उसको बिकासको गतिलाई हेर्नेहो भने  उसको बिकाशको गति यति तिब्र देखिन्छ कि उ हरेक प्रविधिमा अगाडि देखिन्छ।नयाँ  नयाँ  बिकाशका मोडल हरु र   बिकाश प्राविधि देखिन्छ्न।त्यहाँ  बिकासबादी नेता सिको शासन छ।दक्षिणको छिमेकी भारत बिस्वको चौथो अर्थतन्त्र बोकेको मुलुक हो।त्यहाँ मोदिको दुई कार्यकाल हुन लाग्दा त्यहाँ तिब्रगतिमा बिकाश गरेको पाइन्छ।बिकाशमा छलाङ देखिन्छ । तर हाम्रो देशमा गतिलो शासक राम्रो योजनाकार हरु स्थायी सरकार नहुँदा ।पर्यटन, कृषि ,उद्योग, खनिज, जडिबुटी ,  हाइड्रोपावर लगायत  विभिन्न प्रबिधि हुँदा हुँदै  त्यसलाई राम्रोसँग सदुपयोग  गति दिन सकेका छैनौ । त्यस अनुरुप बिकाश गर्न सकेका छैनौं ।हाम्रा योजना ,सीप, दक्षता हरुको प्रयोगको  साथै लगानी कर्तालाई आस्वस्त पार्न पनि हामी सकेका छैनौं । हरेक सरकार अस्थिर हुँदा कुनैपनी नेतृत्व गर्ने सरकारले पाँच बर्ष सम्म अनवरत स्थायी  रुपमा  आफ्ना काम गर्न सकेको छैनन ।

अब दलहरूले आफ्ना निर्वाचन जाँदा गर्ने प्रतिबद्धता हरु के के हुन ती बारे  विभिन्न क्षेत्रका बिसय बिज्ञ योजनाकार विशिष्ट ब्यक्ति सँग बसि परामर्श गरि उनिहरुका सुझावका आधारमा चुनावी एजेन्डा तयार गर्नुपर्छ।ती एजेन्डाले मात्रै देशमा सम्पुर्ण यो परिस्थिति लाई सम्बोधन गर्न सकोस् । हाम्रो देश आज  दक्ष ब्यक्तिको हातमा नहुँदा सहि नेतृत्व नहुँदापछाडि परेको पाइन्छ।कृषि प्रधान भनेर चिनिने हाम्रो देशमा आज खर्बौका कृषि खाद्यान्न  फलफुल तरकारी हरु बिदेस बाट आयात गर्नु परेको छ।

अब हाम्रा राजनीतिकपार्टीकानेताहरू हरु परिपक्व हुनुपर्छ ।अकअर्कामा गाली गलोज होइन ।कहिँ भासाणमा तल्लिन कहिँ  सेलिब्रेटिमा तल्लिन कहिँमहङ्गो गाडिमा हिडन तल्लिन   यो आस्थाको राजनिती होकि के हो ? यी परिदृश्यले मात्रै देश बन्दैन देश बनाउन त स्पष्ट खाका सङकल्प बिचार सिद्धान्त हुनुपर्छ आफ्ना दलको यो पटको निर्वाचमा के कस्तो छ।देश बनाउने योजना कस्तो छ।त्यो बारे अब ढिला गर्नु हुदैन । अनेक संभावना भएता पनि स्पष्ट खाका र क्षमता नहुदा देशमा सोचेअनुरुप बिकास हुन सकेको छैन। ओलिको तिनपटको शासन कालमा  बाटोघाटो सुरुङमार्गदैलेखको  ग्यास खानिको परिक्षण  पर्यटन  सिंचाइ  रंगशाला निर्मार र बिमास्थल निर्माणऔधोगिकरण  हस्पिटल निर्माल शिक्षा स्वास्थ  लगायत को केही बिकाशका काम अबस्य भएका छ्न तर प्राप्त भएका छैनन।

देशमा कृषिमा आत्मनिर्भर  हुनुछ। औद्योगिक कारणको बिकाश हुनुछ।पर्यटन  शिक्षामा आधुनिकिकरण  स्वास्थमा आधुनिकीकरण  हाइड्रोपावरको बिकाश उचित बाटो घाटो सुचना सम्बन्धि बिकाश हुन जरुरी छ ।हाम्रो पर्यटन क्षेत्रमा बिदेशि पाहुना हरुलाइ सरदरमा तीन हप्ता वा एक महिना मात्रै बस्नसक्ने क्षमता देखिन्छ जसमा उनिहरुलाइ कम्तिमा पनि तीन महिना बसाउन सक्ने बाताबरण हुनुपर्छ । शैक्षिक बर्ग र काम गर्न सक्ने युवाबर्ग हाम्रा लाखौको सङ्ख्यामा दाजुभाइ दिदिबहिनी हरु स्वदेशमा उचित रोजगारी नहुँदा बाध्यताले बिदेशिनु परेको छ।ती सम्पुर्ण युवा बर्ग शिक्षित बर्गलाइ स्वदेशमा बस्ने बाताबरण र देश बनाउने सुन्दर देशको परिकल्पना सहित प्रष्ट खाकामा हाम्रा दलहरु प्रस्तुत हुनुपर्छ ।राजनीति मुलमार्ग हो जस्ले सुन्दर देश र नेपाल र नेपालिको सुन्दर देश बनाउने परिकल्पना गर्नुपर्छ।राजनीति एउटा बिचार र आस्थाको हुनुपर्छ । परिवर्तन बोलिले होइन । प्रष्ट खाका त्यहीँ अनुसारको कार्यसम्पादन ।बिकाशको गति नयाँ प्रविधिको आयमा लगानीमा बिस्वस्नियता हुनुपर्छ ।जस अनुसार हाम्रा दलहरु चुनाव केन्द्रित हुँदा आफ्ना प्रष्ट खाकामा प्रस्तुत हुनसक्नुपर्छ।जुन दलको खाका राम्रो छ बिचार राम्रो छ त्यसैलाई आधारमानी जनताले आफ्नो अभिमत प्रकट गर्दछ्न।जसको नीति उसको नेतृत्व हुनुपर्छ ।जसले सुन्दर देशको प्रष्ट खाका प्रस्तुत सक्छ। नागरिकका आशा समस्या हल गर्ने प्रतिबद्ध छ उहीँ पार्टीअनुमोदन हुनेछ।

अब राजनीतिक दलहरुले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरि त्यहीँ अनुरुप अनुमोदित भइ सरकार गठन गरि बर्तमान समस्याको समाधान नागरिकका आबस्यकता आशा हरु र देशमा हरेक क्षेत्रको बिकाश औधोगिक कारणको बिकास गरि रोजगारी सिर्जना बिदेशीएका युवालाई स्वदेशमा बस्ने बाताबरण आउने सरकारले गर्नुपर्ने छ। हाम्रा राजनीतिक दलहरुले अब आफ्ना चुनावी एजेन्डा के हुन ती जनतामाझ छिटो सार्वजनिक गर्नुपर्छ।ती खाका सुन्दर देश बनाउने परिकल्पना बोकेको हुनुपर्छ ।
लेखक :काशीराम घिमिरे 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?