icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

रुपन्देहीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न : तस्बिर सहित

खिम खड्का

Workplace

रुपन्देही – सुरक्षित यात्रा नेपालको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा बढ्दो सवारी दुर्घटना न्युनिकरण एवं रोकथामको लागी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुरक्षित यात्रा नेपालको आयोजना तिलोत्तमा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा एवं नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमाको समन्वयमा सम्पन्न भएको छ ।

वैशाख ३१ गते आज बिहान ६:३० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरपुर चोक देखि र्याली सहित मणिग्राम चोकमा पुगेर विविध ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

जनचेतनामुलक कार्यक्रममा दुर्घटना पश्चात गरिने ट्राफिक उद्धार तथा व्यवस्थापन सम्बन्धी सडक नाटक ( डेमो ) प्रस्तुत , ट्राफिक सचेतना सम्बन्धि गित र नृत्य प्रस्तुती, जेब्रा क्रसिङको सहि प्रयोग सम्बन्धी अभ्यास लगायतको प्रस्तुति देखाइएको थियो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख (डिआइजी) राजेन्द्र प्रशाद भट्ट, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमाका प्रमुख प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रदिप बहादुर क्षेत्री, शसस्त्र प्रहरी बल नेपाल नं २७ हेड क्वाटर रुपन्देहीका शसस्त्र प्रहरी उपरिक्षक मेघराज जोसी, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक इन्द्र राना लगायत यातायात संग सम्बन्धित संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधीहरु,अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न विधालयका शिक्षक तथा विधार्थी, पत्रकार, सुरक्षाकर्मी र स्थानियहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको र यसको समाधान र रोकथामको निम्ती सम्पुर्ण पक्षले आ-आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने धारणा राखेका थिए । साथै उनले सुरक्षित यात्रा नेपालले गरेको यस प्रकारको कार्यक्रमले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने समेत बताएका थिए ।

कार्यक्रमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख (डिआइजी) राजेन्द्र प्रशाद भट्ट, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमाका प्रमुख प्रहरी उपरिक्षक मित्रबन्धु शर्मा लगायतले ट्राफिक सचेतना सम्बन्धी मन्तव्य राखेका थिए ।

सुरक्षित यात्रा नेपालले सवारी दुर्घटना न्युनिकरण एवं रोकथामको लागी विभिन्न संघ संस्था एवं कार्यालयहरुको सहयोग र समन्वयमा काम गर्दै आइरहेको र यसले सडक दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेको सुरक्षित यात्रा नेपालको अध्यक्ष कृष्ण प्रशाद बेल्वासेले बताएका थिए ।

सुरक्षित यात्रा नेपालको अध्यक्ष कृष्ण प्रशाद बेल्वासेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख रञ्जु के सी र स्वागत मन्तव्य कार्यक्रम संयोजक दिपक ढकालको रहेको थियो ।

तस्बिर  सहित 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?