दसैँ टीकाका दिन (कात्तिक ४)सम्म समग्रमा देशभरको मौसम

समाचार सारांश
Auto Generated by AI
  • हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेकाले ठूलो वर्षा र हिमपातको सम्भावना छैन।
  • दसैँको टीकाका दिनसम्म देशभरको मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान छ।
  • केही पहाडी र हिमाली क्षेत्रमा हल्का बदली र एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।

काठमाडौ – देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Workplace

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -Workplace

महाशाखाका अनुसार, देशमा हाल कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले वर्षा र हिमपातको गतिविधि खासै छैन । अबका तीन दिन पनि यस्तै हुने सम्भावना छ ।

दसैँ टीकाका दिन (कात्तिक ४)सम्म समग्रमा देशभरको मौसम घमाइलो हुने पूर्वानुमान रहेको महाशाखाका मौसमविद् सिर्जना गिरीले जानकारी दिइन् ।

महाशाखाका अनुसार, दसैँ टीकाको अघिल्लो दिन मंगलबार (कात्तिक ३) दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग साथै देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?