चितवन, १२ चैत – मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्।

आज बिहान करिब ६:३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ट्रक चालक, रौतहट निवासी अन्दाजी ३०–३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको छ। सहचालक, १९ वर्षीय असुन्द्र कुमार यादव, घाइते भएको इलाका प्रहरी कार्यालय जुगेडीका प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरुले जानकारी दिए।
