icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

“अर्घाखाँचीमा संघीय खानेपानी कार्यालय जोगाउन राजनीतिक दलहरुको संयुक्त ज्ञापनपत्र”

अर्घाखाँची – जिल्लामा क्रियाशील आठवटै प्रमुख राजनीतिक दलले अर्घाखाँचीस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयलाई रुपन्देही स्थानान्तरण गर्ने तयारी तत्काल रोक्न माग गरेका छन्।

Workplace

मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको संयुक्त ज्ञापनपत्रमा कार्यालयको स्थानान्तरण निर्णय स्थानीय हितविपरीत भएको भन्दै यसलाई तुरुन्त खारेज गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्रमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनाल, नेकपा एमालेका उपाध्यक्ष शम्भु प्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बी.के., राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि प्रसाद भुसाल, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन बहादुर के.सी., जनता समाजवादी पार्टीका जिल्ला इन्चार्ज नेत्र बहादुर थापा मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला प्रवक्ता विनोद आचार्यलगायत नेताहरूको हस्ताक्षर र पार्टीको आधिकारिक छाप सहित ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझाउनको क्रममा कांग्रेस जिल्ला सदस्य लिलाराम गौतम, हरि प्रसाद दमासे, जनमोर्चाका नेता गोबिन्द भट्टराई रामबहादुर  लगायतका  विभिन्न  नेताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

नेताहरूले कार्यालय स्थानान्तरण रोकिएन भने संयुक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। यस विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहानले आज दलहरू एकजुट भएर अघि बढेका कारण केही सकारात्मक परिणाम आउने जिल्ला वासीको अपेक्षा रहेको बताएका छ्न ।

संयुक्त दलको ज्ञापनपत्र

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?