नयाँ दिल्ली – हावा हुरीले प्रभावित ‘नेपाल फेस्टिवल २०२५’ नयाँ दिल्लीमा सुरु, आयोजकद्वारा पुनः सञ्चालनको तयारी तीब्र रुपमा रहेको आयोजकले बताएको छ।

नेपाल-भारत व्यापार, पर्यटन र सांस्कृतिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल फेस्टिवल २०२५’ चैत २९ देखि ३१ (अप्रिल ११–१३) सम्म भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावास परिसरमा सुरु भएको छ। एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र नेपाली राजदूतावासको संयुक्त आयोजनामा सुरु भएको फेस्टिवल भव्य रूपमा प्रारम्भ भए पनि पहिलो दिन अचानक आएको तेज हावा हुरीका कारण कार्यक्रम प्रभावित भएको थियो।
हुरीका कारण केही स्टलहरू र पूर्वतयारीमा क्षति पुगे पनि आयोजकले तत्काल व्यवस्थापन गर्दै कार्यक्रमलाई पूर्वघोषित तालिका अनुसार पुनः सञ्चालन गर्ने बताएका छन्। एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालले फेस्टिवल नेपाल-भारतबीच व्यापारिक तथा सांस्कृतिक सम्बन्ध विस्तारको सेतु बन्ने विश्वास व्यक्त गर्दै भने, “नेपालका उद्यमी, नीति निर्माता, लगानीकर्ता र कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउने प्रयासले दुई देशबीचको सम्बन्ध थप मजबुत बन्नेछ।” हामी निरन्तर लागि रहेका छौ कार्यक्रम समय सिमा भित्र नइ समापन हुन्छ यो यो एउटा प्राकृतिक आपदा भएको बराल बताउछ्न ।
फेस्टिवलका महासचिव डा. मोहन कार्कीले यस उत्सवलाई नेपाल-भारत मित्रताको ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै फेस्टिवलले दुई देशबीचको उद्योग, पर्यटन र संस्कृतिक सहकार्यलाई अझ प्रवर्द्धन गर्ने उल्लेख गरे। आयोजकका अनुसार प्रतिकूल मौसमका बाबजुद पनि फेस्टिवललाई निरन्तरता दिइनेछ र निर्धारित कार्यक्रमहरू यथावत् रूपमा सम्पन्न गरिने बताएको छ ।
कार्यक्रम सुरुवातमा राम्रो भएतापनि मौसमको कारणले केही डिस्टर्ब गरेतापनि कार्यक्रम पुन सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

