रसुवामा बाढीपछिको उद्धार र व्यवस्थापनमा सुरक्षा निकाय सक्रिय

रसुवा, असार २८ – जिल्लाको विभिन्न भागमा आएको बाढीपछि उत्पन्न संकटको व्यवस्थापनका लागि नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायहरू सक्रिय भएका छन्। निरन्तरको वर्षापछि आएको बाढीले जनधनको क्षति पुर्‍याएपछि तत्काल उद्धार कार्यलाई प्राथमिकता दिइएको हो।

Workplace

नेपाल प्रहरीका टोलीहरूले प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत वितरण कार्य गर्दै आएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय स्वयम्सेवकहरू समेत संयुक्त रूपमा राहत सामग्री पु¥याउने, जोखिमयुक्त क्षेत्रमा स्थलगत निरीक्षण गर्ने र नागरिकको सुरक्षाका लागि अस्थायी बासको व्यवस्था गर्ने कार्यमा जुटेका छन्।

बाढीले सडक, पुल र आवासहरूमा क्षति पुर्‍याएको हुँदा वैकल्पिक मार्गको खोजी तथा क्षतिग्रस्त संरचनाको मर्मत कार्य पनि अघि बढाइएको छ। स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहत कोष सक्रिय गरिएको जानकारी प्राप्त भएको छ।

प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने र खानेपानी, औषधि तथा खाद्यान्न वितरणमा कुनै कमी हुन नदिन सुरक्षा निकायहरू दिनरात लागिपरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?