icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

सैनामैना १ बनकट्टामा  विङगर र बोलेरो जिप ठोक्किँदा ८ जना घाइते २ को अवस्था गम्भीर 

सैनामैना – रुपन्देहीको सैनामैना नगरपालिका-१ बनकट्टामा विङगर र फलफूल बोकेको बोलेरो जिप एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।घाइते २ को अवस्था गम्भीर  बताइएको छ

Workplace

सालझण्डीबाट बुटवलतर्फ जाँदै गरेको पश्चिम नेपाल बस व्यवसायी संघको लु १ ज ४२८९ नम्बरको विङगर र बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको लु १ च ६७४७ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय रन्यौरा, मुर्गियाले जनाएको छ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक आदित्य राज बिष्टका अनुसार दुर्घटनामा ६ जना सामान्य घाइते भएका छन् भने २ जनाको अवस्था गम्भीर छ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिएका छन्।

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?