त्रिशूली र नारायणी नदी किनारमा : ६४ शव भेटिए

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट हालसम्म ६४ वटा शव फेला परेका छन्।
  • भरतपुर अस्पतालको शवगृह भरिएकाले अब फेला पर्ने शव औद्योगिक प्रतिष्ठानमा व्यवस्थापन गरिनेछ।
  • बेपत्ताहरूको खोजीका लागि तीनवटै सुरक्षा निकाय निरन्तर परिचालन भइरहेका छन्।

काठमाडौं ।भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा मानवीय क्षतिको भयावह अवस्था देखिएको छ । यी दुई नदीका किनारबाट मात्रै हालसम्म ६४ शव फेला परेका छन् ।

Workplace

फेला परेका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिँदै आए पनि अब त्यहाँ थप शव राख्न सकिने अवस्था छैन । शवगृहको क्षमता भरिएपछि आगामी दिनमा फेला पर्ने शवलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले नदी किनारबाट बरामद भएका शवहरू भरतपुर अस्पतालमा राखिएको जानकारी दिए ।

पौडेलका अनुसार तनहुँमा फेला परेका नौ शवसमेत चितवन ल्याइएको थियो । तर भरतपुरमा शव राख्ने पर्याप्त स्थान नभएपछि ती शव पुनः तनहुँ नै पठाइएको हो ।

यसैबीच, नदीमा बगेका तथा बेपत्ता भएका व्यक्तिको खोजीका लागि जिल्लामा रहेका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन् । उनीहरूले नदीका विभिन्न किनारमा शवको खोजीलाई निरन्तरता दिएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?