icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

अर्घाखाँची सन्धीखर्कमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

अर्घाखाँची – आज दिउँसो अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका–१० स्थित अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ आउँदै गरेको लु ६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

Workplace

दुर्घटनामा परेर मोटरसाइकल चालक स्याङ्जा जिल्ला बालिङ नगरपालिका–८ का ६० वर्षीय डम्बर बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

मोटरसाइकलको पछाडि सबार अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बागी बस्ने २६ वर्षीया सुनिता खड्का घाइते भएकी छन्। उनको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ र अवस्था मध्यम रहेको छ।

दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले चालक डम्बर बहादुर खत्रीलाई मृत घोषणा गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?