नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै

समाचार सारांश
Auto Generated by AI
  • नेपाली बजारमा दुई दिनको अवधिमा सुनको मूल्य १५ हजार रुपैयाँभन्दा बढीले घटेको छ।
  • बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्यमा पनि गिरावट आएर बिहीबार प्रतितोला ४ हजार ६५० रुपैयाँ पुगेको छ।

काठमाडौ = नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै भारी गिरावट आएको छ। बुधबार प्रतितोला १० हजार १०० रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पनि थप ५ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Workplace

यससँगै बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य ३ लाख १ हजार ९०० रुपैयाँसम्म पुगेको थियो।

लगातार दुई दिनको गिरावटसँगै सुनको मूल्यमा कुल १५ हजार रुपैयाँभन्दा बढीको कमी आएको छ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार यसको मूल्य ४ हजार ९२५ रुपैयाँ थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ ३० गते सनिवार आजको राशिफल

काभ्रेको बुच्चाकोटमा बस दु`र्घ`टना सात जनाको मृ`त्यु

मुगुमा पूर्वाधार विकासको तीव्र गति: सडक, पुल र जनता आवास निर्माणले फेरिँदै ग्रामीण मुहार।

मुगुम समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत विश्व बालश्रम विरुद्धको दिवस २०८३ भव्य रूपमा सम्पन्न

आज मिति २०८३ ज्येष्ठ २९ गते शुक्रबार आजको राशिफल

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री

छुटाउनुभयो कि ?