icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

गुल्मी सम्पर्क समाज भारतको पहिलो अधिवेसन सम्पन्न, २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

सुबास बस्नेत, नयाँ दिल्ली । गुल्मी सम्पर्क समाज भारतको पहिलो अधिवेसन तथा घोषणा सभा आईतबार चिराग दिल्ली स्थित बाल्मिकी मन्दिर हलमा सम्पन्न भएको छ। अधिवेसनले टिका बहादुर कार्कीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरको छ। विभिन्न पेशा, ब्यबसाय, नोकरी, अध्ययन गरि भारतमा विशेसत दिल्ली एनसीआरमा बसोबर गर्ने गुल्मीलेहरुको छाता सङ्गठन हो गुल्मी सम्पर्क समाज भारत।

Workplace

सन् २०२२मा स्थापना भएको संस्थाले आफ्नो स्थापना काल देखि नै सामाजिक तथा परोपकारी कार्य गरेर आफुलाइ अग्र स्थानमा राखेको छ। गुल्मीका १२ वटा स्थानीय तह मध्ये दुइ नगरपालिका र दस वटा गाउँपालिकालाइ समान रुपमा प्रतिनिधित्व हुनेगरि संस्था निर्माण गरेको छ। भारत प्रवासमा विशेस दिल्ली, एनसीआरमा बसोवास गर्ने गुल्मेलीलाइ एकतृत गरेर संस्थाले अघाडी बढेको छ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय महासचिव टेकराज पोख्रेल प्रमुख अतिथि रुपमा उपस्थित तहेका थिए। त्यस्तै प्रवासी नेपाली संघ भारतका केन्द्रिय बरिष्ठ सल्लाहकार टिकाराम पोख्रेल, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड ईण्ड्रस्टिजका अध्यक्ष युवराज बराल विशिस्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। अतिथिहरुमा क्रमश मानव कल्याण मित्र मञ्च भारतका कोषाध्यक्ष मुक्तिराम पाण्डे, बराल लोजिस्टिकका प्रोपाईटर तथा एभरेष्ट चेम्बर अफ कमर्सका पश्चिम बंगालका अध्यक्ष खेमराज बराल, पशुपतिनाथ मन्दिर समाज साहदराका अध्यक्ष जनक गिरी, युनाईटेड मिसन हस्पिटल पाल्पाका सेवानिवृत डाक्टर सुनिल सान्दयान लगाएतका गन्यमान्य व्यक्तित्वहरु कार्यक्रममा उपस्थित रेहका थिए।

२५ सदस्यीय कार्यसमिति:

अधिवेशनले अन्य पधाधिकारीहरुमा क्रमश: नरहरी घिमिरे – बरिष्ठ उपाध्यक्ष, मुकुन्द पौडेल – उपाध्यक्ष, सिता अधिकारी – महिला उपाध्यक्ष, देबेन्द्र केसी – महासचिव, बिष्णु ज्ञवाली-सचिव, नारायण न्यौपाने – सहसचिव, बावुराम अधिकारी – कोषाध्यक्ष, कृष्ण प्रसाद पौडेल – सहकोषाध्यक्ष, सङ्गठन सचिव हुमकला खड्का, सह- सङ्गठन सचिव भरत पौडेल, महिला सङ्गठन सचिव गिता केसी, महिला सह-सङ्गठन सचिव गंगा थापा, स्वास्थ्य सचिव मानबहादुर केसी, स्वास्थ्य सह-सचिव गोकर्ण बस्नेत, ब्यवस्थापन सचिव रामचन्द्र अधिकारी, ब्यवस्थापन सह-सचिव दामोदर पाण्डेय, सांस्कृतिक सचिव बिष्णु प्रसाद पोख्रेल, सास्कृतिक सह-सचिव लक्ष्मण खड्का, खेलकुद सचिव पदम कुमार गाहा, खेलकुद सह-सचिव गुंजमान गौतम, मिडिया सचिव सुवास बस्नेत, सदस्यहरूमा मिलन राना, कमल पौडेल र रवि कुमार शिह गरि २५ सदस्यीय समिति सर्वसम्मत चयन गरको छ।

१५ सदस्यीय संचालन समिति:

संस्था संचालनको लागि छिटो, छरितो र प्रभावकारी गराउने हेतुले कार्यासमितले १५ सदस्यीय संस्था सञ्चालन समिति समेत गठन गरेको छ। जसमा दुर्गादत्त भण्डारी- बरिष्ठ सल्लाहकार, युवराज बराल – आर्थिक सल्लाहकार, सुनिता जिसी कुंवर- जिल्ला समन्वय सल्लाहकार, शिवलाल ज्ञवाली- सङ्गठन सल्लाहकार, योगराज अर्याल- विशेष सल्लाहकार, टिका बहादुर कार्की – अध्यक्ष, नरहरी घिमिरे – उपाध्यक्ष, सिता अधिकारी- महिला उपाध्यक्ष, मुकुन्द पौडेल- उपाध्यक्ष, देबेन्द्र केसी – महासचिव, बाबुराम अधिकारी -कोषाध्यक्ष, हुमकला खड्का -सङ्गठन सचिव, जिवन पौडेल – सङ्गठन सचिव (पालिका संयोजन), सुवास बस्नेत -मिडिया सचिव , तथा सदस्यमा गोपीराम पौडेल गरि १५ सदस्यीय संस्था संचालन समिति गठन गरेको छ।

संस्थाले गुल्मीका १२ वटा स्थानीय तह जस मध्ये दुइ नगरपालिका र दस वटा गाउँपालिकालाइ समान रुपमा प्रतिनिधित्व हुनेगरि १५ सदस्यिय पालिका संयोजक टिमको सर्वसम्मत चयन गरेको महासचिव देवेन्द्र केसीले बताए। “सबै तहमा सुचना पुग्नेगरि र सबै तहको गुनासो सुन्नेगरि १५ सदस्यीय पालिका संयोजक समिति गठन गरका छौ” केसीले भने।

१५ सदस्यिय पालिका संयोजक समिति:

अध्यक्षले नेतृत गर्ने गरि पालिका संयोजन सङ्गठन सचिव जिवन पौडेलको संयोजकत्वमा १५ सदस्यीय पालिका संयोजक समितिका संयोजकहरुमा डोलराज गौतम-कालीगण्डकी गाँउपालिका, रवि कुमार परियार- सत्यवती गाँउ पालिका, अनिता ज्ञवाली- रुरु गाँउपालिका, गोपाल परियार – क्षत्रकोट गाँउ पालिका, केदारनाथ शर्मा- चन्द्रकोट गाँउ पालिका, कमला पोख्रेल- गुल्मी दरबार गाँउपालिका, जुना राना – रेसुङ्गा नगरपालिका, सुन्तली न्यौपाने – मुसिकोट नगरपालिका, भवन सिंह थापा- ईश्मा गाँउपालिका, राजु परियार – धुर्कोट गाँउपालिका, देबिका बिसी – मालिका गाँउपालिका, रोहित गैह्रे – मदाने गाँउपालिका र सदस्य दिपक कार्की – मुसिकोट नगरपालिका रहेका छन।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?