त्रिशूली-३ ‘ए’ को सुरुङबाट १० दिनपछि एक जनाको जीवित उद्धार

समाचार सारांश
Auto Generated by AI
  • भोटेकोशीको बाढीले थुनिएको त्रिशूली-३ 'ए' जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरिएको छ।
  • सुरुङभित्र अरू मानिस पनि रहेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीद्वारा उद्धार कार्य तीव्र पारिएको छ।
  • सुरुङभित्र आवाज सुनिएपछि विज्ञ र सुरक्षाकर्मीको टोलीले खोजी कार्य जारी राखेका छन्।

काठमाडौं।भोटेकोशीको बाढीपछि थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरिएको छ।उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो। सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको उनले बताएका छन्।‘अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ,’ उनले लेखेका छन्। शुक्रबार बिहान मात्र उनले सामाजिक सञ्जालमा भोटेकोशीको सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी दिएका थिए।

Workplace

उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्। 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?