सितापुरमा ‘फ्यामिली हेल्थ प्रोफाइल’ तथा मोबाइल स्वास्थ्य कार्यक्रम सम्बन्धी अभिमुखिकरण सम्पन्न

 

Workplace

अर्घाखाँची, – अर्घाखाँची जिल्ला को सितगगा नगरपालिका वडा न: 2 सितापुरमा फ्यामिली हेल्थ प्रोफाइल तयारी तथा मोबाइल स्वास्थ्य कार्यक्रमसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सामुदायिक महिला स्वयं स्वास्थ्य सेविकाहरूको सहभागितामा सम्पन्न गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय अर्घाखाँचीको समन्वयमा आयोजित उक्त कार्यक्रममा स्थानीय स्तरमा परिवार स्वास्थ्य प्रोफाइल तयार गर्ने सीप, मोबाइलमार्फत स्वास्थ्य सेवा प्रवाह गर्ने तरिका र समुदायस्तरमा अभिलेख व्यवस्थापनका विविध पक्षबारे जानकारी दिइयो।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका प्रतिनिधिहरू, स्थानीय स्वास्थ्य संस्थाका कर्मचारी, तथा वडास्तरीय स्वास्थ्य संयोजकहरूले प्रशिक्षण दिएका थिए। सहभागी महिलाहरूले कार्यक्रम अत्यन्त उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।

यस कार्यक्रमले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुका साथै डिजिटल माध्यमबाट समुदायमा सेवा पु-याउने कार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?