अवैध अन्तराष्ट्रिय Call/SMS Bypass (Illegal VOIP) मा प्रयोग गरिएका उपकरणसहित  एक जाना युवक पक्राउ

बिरगंज, पर्सा – बिना अनुमति गैरकानूनी रूपमा अन्तराष्ट्रिय आगमन कल बाईपास (VOIP) सञ्चालन गरिरहेको गोप्य सूचनाका आधारमा नेपाल टेलिकम र एनसेल प्रा. लि. को प्राविधिक सहयोगमा प्रहरीको विशेष टोलीले छापा मार्दै बिरगंज महानगरपालिकाका दुई स्थानबाट अवैध कल बाईपास सञ्चालनमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ।

Workplace

प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा नम्बर ३०, लालपर्सास्थित अमिरका पटेलको एकतले घर तथा वडा नम्बर १६, अनुज कुमार सराफको दुईतले घरको दोस्रो तलामा सञ्चालन भइरहेको अवैध कल बाईपास केन्द्रमा छापा मारी प्रमाणसहित एक जना व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने ब्यक्ति  धिरज पटेल, उमेर: १९ वर्ष, ठेगाना: स्थायी ठेगाना – बिरगंज महानगरपालिका वडा नम्बर २०, हाल – वडा नम्बर ३०, लालपर्साका रहेको प्रहरीले जनाएको छ

प्रहरीले घटनास्थलबाट भिओआइपी गेटवे ३२ पोर्टका दुई थान, भिओआइपी गेटवे १८ पोर्टका एक थान, एनसेल कम्पनीका १४ थान सिम कार्ड, चार थान राउटर, दुई थान ल्यापटप, दुई थान ब्याट्री, दुई थान इनभर्टर, एक थान कनेक्सन उपकरण, एक थान मोबाइल र ३२ जीबी क्षमताको एक थान पेन्ड्राइभ बरामद गरेको छ। पक्राउ परेका व्यक्तिमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ। जिल्ला अदालत, पर्साबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सुधीर राज शाहीले नेपाल खोजखबरलाइ जानकारी दिएका छ्न

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?