राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका संशोधनसहित पारित

काठमाडौ -१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका संशोधनसहित पारित भएको छ ।

Workplace

युवा तथा खेलकुदमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१ तेस्रो संशोधनसहित पारित गरेको छ ।

- Advertisement -Workplace

बैठकमा १०औं राष्ट्रिय खेलकुदसँगै प्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल सङ्ख्या र खेलाडी कोटाका सम्बन्धमा कार्यकारी समितिले छलफल गरि सिफारिश गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टोलहरूलाई पत्राचार गर्ने निर्णय भएको छ ।

यस्तै परिषद्लाई नेपाल सरकारबाट विनियोजन भएको चालू आर्थिक वर्षको वार्षिक योजना, कार्यक्रम र बजेट तथा परिषद्को आन्तरिक अनुमानित आय–व्यय पास गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा जेनजी शहीद स्मृति पार्क निमार्ण गर्ने, त्यहाँ रहेको अडिटोरियम हललाई जेनजी स्मृति अडिटोरियम हल नामकरण गर्ने निर्णय गरेको छ ।

यस्तै सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?