icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

डोटीमा जिप दुर्घटना: दुईको मृत्यु, चार गम्भीर घाइते

डोटी, असार ६। डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

Workplace

दुर्घटना दिउँसो करिब १:४० बजे मौवाको खिराधार भन्ने स्थानमा भएको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गर्दा अनियन्त्रित भई करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जनाको घटनास्थलमै र अर्काे जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते चार जनालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनाको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?