पाङ्ग्राबीनै काठमाडौं विमानस्थलमा अवतरण : बुद्ध एयर

काठमाडौ – जनकपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाज अगाडि को एक पाङ्ग्रा बिना नै काठमाडौं आइपुगेको छ।

Workplace

जनकपुरबाट उडेको युफोर ५०६ उडान नम्बरको बुद्ध एयरको  जहाज पाङ्ग्राबीनै काठमाडौं विमानस्थलमा अवतरण भएको हो।

बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि उडेको बिमानको जहाजमा एक पाङ्ग्रा हराएको पाइएको थियो।

उक्त पाङ्ग्रा नभएको चालक दलका सदस्यलेसमेत थाहा नपाएको बताइएका छन।

जनकपुरबाट ४ बजेर ३९ मिनेटमा उडेको ६२ यात्रु सवार जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको एउटा पांग्रा थिएन।

अगाडिका दुईमध्ये एक पाङ्ग्रा हराएको पाइएपछि खोजी गरिएको थियो। त्यस क्रममा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको थाहा भएको हो।

पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताएका छन्। जहाज काठमाडौंमा सुरक्षित अवतरण भएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?