भोजपुरका माध्यमिक विद्यालयहरूमा प्राविधिक शिक्षा प्रवर्द्धन

 

Workplace

भोजपुर – भोजपुरका माध्यमिक विद्यालयहरूमा प्राविधिक शिक्षा विस्तार गर्न विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ। सुम्निमा बहुप्राविधिक शिक्षालय, देउरालीको पहलमा सञ्चालित यस कार्यक्रममा कक्षा १० मा अध्ययनरत छात्रछात्राहरूको सहभागिता रहेको छ।

शिक्षालय प्रमुख राजिव कुमार ठाकुरका अनुसार अभिमुखीकरण कार्यक्रमको उद्देश्य प्राविधिक शिक्षाको महत्व बुझाउने र यसले राष्ट्रलाई पुर्‍याउने फाइदाबारे जनचेतना फैलाउने हो। उहाँले भन्नुभयो, “अहिलेका विद्यार्थीहरूमा प्राविधिक शिक्षाप्रति रुचि बढ्दै गएको छ। माध्यमिक तहमा नै अभिमुखीकरण गर्न सकिएमा विद्यार्थीहरूको सीप र ज्ञान अभिवृद्धि हुन सक्छ।”

शिक्षालयको आयोजनामा भोजपुर जिल्लाका विभिन्न विद्यालयहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको छ। हालसम्म टेम्केमैयुङ गाउँपालिका-३ स्थित अन्नपूर्ण बागधन रणदिपा राई माध्यमिक विद्यालय र भोजपुर नगरपालिका-४ स्थित सिद्धेश्वर मावि, दाँवामा अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण गरिएको छ। साथै, पञ्चकन्या मावि, बोखिम र यशोधरा मावि, टक्सारमा पनि कार्यक्रम सञ्चालन गर्ने तयारी छ।

विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम फागुन महिनाभर सञ्चालन हुने शिक्षालयले जनाएको छ। कार्यक्रममा निरज अधिकारी, प्रमोद राई, अवधेश ओझा, रमेश बहादुर शाही लगायतका प्रशिक्षकहरूले सहजीकरण गरिरहेका छन्। प्रशिक्षक रमेश बहादुर शाहीका अनुसार विद्यार्थीहरू प्राविधिक शिक्षाप्रति निकै उत्साहित छन्।

विद्यालयस्तरमै प्राविधिक शिक्षाको महत्त्वबारे जागरूकता बढाउन गरिएको यो प्रयास विद्यार्थीहरूको भविष्यमा उपयोगी हुने शिक्षालयको विश्वास छ। आयोजक पक्षले विद्यार्थीहरूको सहभागिता र चासो उत्साहजनक रहेको बताउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?