
मेष : बोल्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । सबै काम छोडेर परिवारलाई समय दिनुपर्नेछ ।
वृष : दिन राम्रो छ । परिवार र साथीले सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । विदेशमा लगानी गरेको भए नाफा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
कर्कट : मन शान्त बन्नेछ । सहकर्मीसँग मिलेर गरेको व्यापारबाट फाइदा हुनेछ । विपक्षी समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।
सिंह : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा श्रम गर्नुपर्नेछ । परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ । धार्मिक भ्रमणको योग छ । आम्दानीको क्षेत्र विश्वासिलो बन्नेछ ।
कन्या : आम्दानी बढ्नेछ छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्ने जोखिम छ । शिक्षाको क्षेत्रमा अवरोध हुनेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ ।
तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा फाइदा हुने दिन छ । परिवारले राम्रो साथ र सहयोग मिल्नेछ ।
वृश्चिक : औषधी नियमित नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
धनु : आज उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । राज्यको तर्फबाट त्रास बढ्दा काम गर्दा विवेक प्रयोग गर्नुपर्ने समय आएको छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्ने योग छ ।
मकर : आज तपाईंले सोचेका काम बन्नेछन् । राजनीतिक क्षेत्रमा भने उतारचढाव बढ्नेछ । महत्त्वपूर्ण समयमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
कुम्भ : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्छ । मौसमी रोगबाट बच्नु आवश्यक देखिन्छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।
मीन : साढेसाती शनिदशा भए पनि शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ । अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको मेहनतको फल प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
