गरिमा ह*त्या प्रकरण : एक जना २० हजार धरौटी रिहा

काठमाडौं।बारा जिल्ला अदालतले बिहीबार सिमराका तीन वर्षीय बालिकाको बलात्कार तथा हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका मध्ये एक जनालाई २० हजार रुपैयाँ धरौटी र ९ जनालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश दिएको छ।

Workplace

प्रमुख जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश भन्ने पुग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटी छाडन आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए।

त्यसैगरी प्रोग्रेशसँगै पक्राउ परेका उनका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडन आदेश भएको श्रेस्तेदार दाहालले बताए।

घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले तत्कालको लागि धरौटी र साधारण तारिखमा छाड्ने आदेश भएको दाहालले बताए।

यिनीहरुको विरुद्धमा गरिमाको बुबा मनोज चौधरीको किटानी जाहेरी दिएका थिए। जाहिरिको अधारमा प्रहरीले उनीहरू माथि अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो।

अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि तत्कालको लागि यस्तो आदेश दिएको बारा जिल्ला अदालतले जनाएको छ।

यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश गरेको थियो। न्यायाधीश अधिकारीको इजलासले बुधबार दुई नाबालकलाई बाल सुधार गृहमा राखी घटनाको पुर्पक्ष गर्न आदेश दिएको हो। उक्त आदेशसँगै उनीहरूलाई वीरगन्जस्थित बाल सुधार गृह पठाइएको छ।

गत साउन ३१ गते  घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ २ गते साँझ भक्तिनगर स्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। बालिकाको शव फेला परे लगत्तै स्थानीय र पीडित परिवारले राजमार्ग अवरुद्ध गर्दै देशभर विरोध प्रदर्शन गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?