अनिल नेपाली

अर्घाखाँची – सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकाेट स्वास्थ्य चाैकीमा वितरण गरिएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकाेट स्थित आधारभूत स्वास्थ्य केन्द्रमा रहेका ३० जना सुनौला हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको हो । वडा न ७ भित्र रहेका सुनौला हजार दिनका सुत्केरी भएका आमाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण कार्यक्रममा गरिएको हो ।
सुत्केरी भएका आमाहरुले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम आफ्नो वडामा गरिएको वडा अध्यक्ष सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले जानकारी दिए । आमालाई पोषण समाग्री वितरण कार्यक्रममा १ क्रेटका दरले अण्डा, १ किलो चना, नुन सागर साबुन दिइएको हो । त्यस्तै उनीहरुलाई सरसफाई ध्यान दिन आग्रह गर्दै साबुन समेत वितरण गरिएको छ । उक्त कार्यक्रम गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएकाे आफुहरूलाई स्थानीय सरकारकाे अनुभुती भएको हजार दिनकाे आमा आशा जिसिले बताईन् ।
मातृशिशुको चौतर्फी वृद्धि विकासका लागि पोषणयुक्त खानाको सेवन अपरिहार्य रहेको र कुपोषणको शिकारबाट आमा र बच्चालाई जोगाउन पोषणको मात्रा कमी हुन दिन नहुने र बालबािलकाको पोषण स्थितिमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको वडाअध्यक्ष केसीले बताए । कार्यक्रममा वडा सचिव सीता बिसि पराजुलि वडा सदस्य डुकलाल पाेखेल , पुष्पा नेपाली लगायतले मन्तब्य राख्नु भएको थियोे कार्यक्रम खाँचीकाेट स्वास्थ्य चाैकी प्रमुख प्रेमचन्द् विककाे सञ्चालनमा सम्पन्न भएको थियोे कार्यक्रममा महिला स्वयमसेविका सञ्चारकर्मी लगायतकाे सहभागीता रहेको थियोे।
तस्बिर सहित

