नयाँ दिल्ली – नेपाल-भारत व्यापार, पर्यटन र सांस्कृतिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल फेस्टिवल २०२५’ आगामी अप्रिल ११ देखि १३ (चैत २९–३१) सम्म भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावास परिसरमा भव्य रूपमा आयोजना गरिने भएको छ। एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र नेपाली राजदूतावासको संयुक्त पहलमा हुन लागेको यो फेस्टिवल नेपालका आर्थिक, औद्योगिक, सांस्कृतिक र पर्यटन सम्भावनाहरू उजागर गर्ने ऐतिहासिक अवसर बन्ने आयोजकले बताएको छ।

नेपाल-भारत सम्बन्धमा नयाँ आयाम : एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका अध्यक्ष युवराज बरालका अनुसार नेपाल फेस्टिवल २०२५ व्यापारिक तथा सांस्कृतिक सम्बन्ध विस्तारको सेतु बन्नेछ। “नेपालका उद्यमी, नीति निर्माता, लगानीकर्ता, पर्यटन व्यवसायी र कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै फेस्टिवलले नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउनेछ,” उनले भने।

फेस्टिवलका महासचिव डा. मोहन कार्कीले नेपाल फेस्टिवल २०२५ लाई नेपाल-भारत मित्रताको उत्सवका रूपमा वर्णन गर्दै, “यो फेस्टिवलले दुई देशबीच व्यापार, उद्योग र सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने उल्लेख गरेका छ्न ।
फेस्टिवलका मुख्य आकर्षणहरू : नेपाल फेस्टिवल २०२५ मा व्यापार, पर्यटन र सांस्कृतिक विविधताको व्यापक प्रदर्शन गरिनेछ। प्रमुख विशेषताहरूमा निम्न समावेश रहने बताइएको छ इन्डो-नेपाल व्यापार तथा लगानी शिखर सम्मेलन – नेपाल-भारतबीच व्यापार तथा उद्योग प्रवर्द्धनका लागि उच्चस्तरीय छलफल। B2B & B2G नेटवर्किङ्ग बैठकहरू – सीमा पार व्यापार तथा लगानी अवसरहरू विस्तार गर्ने प्लेटफर्म। पर्यटन तथा यात्रा प्रवर्द्धन पवेलियन – नेपालका साहसिक, धार्मिक र सांस्कृतिक पर्यटन गन्तव्यहरूको प्रदर्शनी।सांस्कृतिक कार्यक्रम – नेपाली लोक संगीत, नृत्य तथा परम्परागत कला प्रस्तुतिहरू। नेपाली परिकार मेला – म:म, सेल रोटी, ढिँडो लगायत नेपाली परिकारको स्वाद। आध्यात्मिक तथा स्वास्थ्य सत्रहरू – योग, ध्यान र प्राकृतिक उपचारसम्बन्धी कार्यशाला रहेका छ्न ।
नेपालका सांस्कृतिक सम्पदा, हस्तकला र व्यापारिक सम्भावनाहरू भारतमै प्रत्यक्ष अनुभव गर्न, नीति निर्माताहरू, लगानीकर्ताहरू तथा उद्यमीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न र नेपालका कला, नृत्य, संगीत तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न फेस्टिवलले महत्वपूर्ण अवसर प्रदान गर्ने दिपक जिसिले बताएका छ्न । यसै गरि उक्त कार्यक्रमको लागि भरतपुर महानगरपालिकाकि मेयर रेनु दाहाललाई समेत केही दिन पोहिला प्रत्यक्ष भेट गरी निमन्त्रणा दिएका थिए ।

नेपाल-भारत सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ आयोजित यो फेस्टिवलले दुवै देशका व्यवसायी तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूलाई नयाँ साझेदारी र सहकार्यको दिशामा अघि बढाउने विश्वास आयोजकहरूले लिएका छन्।

