अर्घाखाँची – अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिरमा उल्लेखनीय पूर्वाधार विकास हुँदै गएको छ । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरको नवनिर्मित प्राङ्गण आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गर्दै सोच, संकल्प, र दृढ इच्छाशक्ति भए विकास असम्भव नरहेको बताउनुभएको छ।


घिमिरेका अनुसार, सुपा देउराली मन्दिरलाई व्यवस्थित बनाउनु मात्रै नभई अर्घाखाँची जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित यो निर्माण सम्पन्न भएको हो । “सुपा देउराली मन्दिरलाई हिल स्टेशनको रूपमा विकास गर्ने हाम्रो सपना छ, जसले अर्घाखाँचीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउनेछ,” उहाँले भन्नुभयो ।
साथै सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिर क्षेत्रमा बढ्दो भक्तजन चापले यातायात व्यवस्थापनलाई चुनौती दिएको बताउँदै मन्दिर अगाडिको सडक सुधार प्राथमिकतामा रहेको उल्लेख गर्नुभयोको थियो । उता, सितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले स्थानीय सरकारको तर्फबाट मन्दिर व्यवस्थापनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, वडा अध्यक्ष चुरा केसी, विभिन्न मिडियामा आवद्ध पत्रकार र अन्य विशिष्ट व्यक्तित्वहरूले समेत मन्दिरको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए
उक्त प्राङ्गण निर्माणमा १ करोडभन्दा बढी लगानी, लागेको समितिले जनाएको छ । सुधारमन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा सचिव हरि खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा, प्राङ्गण निर्माणका लागि १ करोडभन्दा बढी लगानी भएको जानकारी गराइएको थियो । उक्त कार्य पोछी मन्दिर परिसरलाई अझ सुन्दर बनाउनुका साथै भक्तजनलाई सहज दर्शनका लागि वातावरण उपलब्ध गराएको छ ।

सुपा देउराली मन्दिर केवल धार्मिक स्थल मात्र नभई पोछिल्लो समय पर्यटन गन्तव्यको रूपमा विकास हुँदै गएको छ । उक्त मन्दिरले अर्घाखाँची जिल्लाको मात्र नभई समग्र नेपालको समेत पहिचानलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
साथै सुपा देउराली मन्दिर संरक्षण समितिले यहि मिती २०८१ साल फाल्गुन १६ गते श्री शान्ति आधारभुत विद्यालयको प्राङ्गगण, शि.न.पा. २ मा साधारणसभा कार्यक्रमको समेत आयोजना गर्ने भएको आयोजक समितिले जनाएको छ ।

