अर्घाखाँची सुपा देउराली मन्दिरको रुपै फेरियो: भव्य प्राङ्गण बनेपछि भक्तजनलाई झनै सजिलो !”

अर्घाखाँची – अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिरमा उल्लेखनीय पूर्वाधार विकास हुँदै गएको छ । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरको नवनिर्मित प्राङ्गण आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले उद्घाटन गर्दै सोच, संकल्प, र दृढ इच्छाशक्ति भए विकास असम्भव नरहेको बताउनुभएको छ।

Workplace

- Advertisement -Workplace

घिमिरेका अनुसार, सुपा देउराली मन्दिरलाई व्यवस्थित बनाउनु मात्रै नभई अर्घाखाँची जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्यसहित यो निर्माण सम्पन्न भएको हो । “सुपा देउराली मन्दिरलाई हिल स्टेशनको रूपमा विकास गर्ने हाम्रो सपना छ, जसले अर्घाखाँचीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउनेछ,” उहाँले भन्नुभयो ।

साथै सन्धिखर्क  नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले मन्दिर क्षेत्रमा बढ्दो भक्तजन चापले यातायात व्यवस्थापनलाई चुनौती दिएको बताउँदै मन्दिर अगाडिको सडक सुधार प्राथमिकतामा रहेको उल्लेख गर्नुभयोको थियो । उता, सितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले स्थानीय सरकारको तर्फबाट मन्दिर व्यवस्थापनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको  थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, वडा अध्यक्ष चुरा केसी, विभिन्न मिडियामा आवद्ध पत्रकार र अन्य विशिष्ट व्यक्तित्वहरूले समेत मन्दिरको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए

उक्त प्राङ्गण निर्माणमा १ करोडभन्दा बढी लगानी, लागेको समितिले जनाएको छ ।  सुधारमन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्सबहादुर खत्रीको अध्यक्षता तथा सचिव हरि खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा, प्राङ्गण निर्माणका लागि १ करोडभन्दा बढी लगानी भएको जानकारी  गराइएको थियो । उक्त कार्य पोछी  मन्दिर परिसरलाई अझ सुन्दर बनाउनुका साथै भक्तजनलाई सहज दर्शनका लागि वातावरण उपलब्ध गराएको छ ।

 

सुपा देउराली मन्दिर केवल धार्मिक स्थल मात्र नभई  पोछिल्लो समय  पर्यटन गन्तव्यको रूपमा विकास हुँदै गएको छ । उक्त मन्दिरले अर्घाखाँची जिल्लाको मात्र नभई समग्र नेपालको समेत पहिचानलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

साथै  सुपा देउराली मन्दिर संरक्षण समितिले यहि मिती २०८१ साल फाल्गुन १६ गते  श्री शान्ति आधारभुत विद्यालयको प्राङ्गगण, शि.न.पा. २ मा  साधारणसभा कार्यक्रमको समेत आयोजना गर्ने भएको आयोजक समितिले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका प्रवन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?