अर्जुन थापा नयाँ दिल्ली – गौरवमय मगर इतिहास, सांस्कृतिक धरोहर एवं मगर एकता दिवस भव्य रूपमा आयोजना हुँदै छ भाषा, संस्कृति र परम्पराको सम्मान गर्दै नेपाल–भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ कानुंङ्ग लांघाली मगर समाज, रजि. ले राजधानी नयाँ दिल्ली मा ४४औँ “मगर दिवस २०८२” भव्य रूपमा आयोजना गर्ने भएको छ।

मगर समुदायको गौरवशाली इतिहास, वीरता, बलिदान र सांस्कृतिक पहिचानलाई उजागर गर्दै प्रवासमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने लक्ष्यसहित कार्यक्रम आगामी फेब्रुअरी २२, २०२६ का दिन प्यारे लाल भवन, आई.टी.ओ., दिल्लीमा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिने संस्थाका अध्यक्ष फर्स बहादुर थापाले नेपाल खोजखबर लाई बताउनु भएको छ ।

मगर दिवसको महत्व : मगर दिवस मगर समुदायको पहिचान, भाषा, संस्कार, भेषभूषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने विशेष अवसरका रूपमा मनाइन्छ। यो दिनले समुदायको ऐतिहासिक योगदान, शहीदहरूको सम्झना तथा पुस्तान्तरणमा संस्कृति जोगाउने प्रतिबद्धता दोहोर्याउने काम गर्दछ। साथै, प्रवासमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र राष्ट्रिय एकताको भावना सुदृढ बनाउने विश्वास लिइन्छ।
कार्यक्रममा विशिष्ट अतिथिहरूको सहभागिता कार्यक्रममा प्रमुख अतिथिका रूपमा डॉ. शंकर प्रसाद शर्मा, राजदूत, नेपाल दूतावास रोबिन हिबु, विशेष आयुक्त, दिल्ली प्रहरी मुख्यालय
त्यस्तै सम्मानित अतिथिका रूपमा गोकुल बस्नेत, सांस्कृतिक काउन्सिलर अशोक गोयल देवराहा, विधायक, मोडेल टाउन
विकेश सेठी, पार्षद तथा अध्यक्ष, केशवपुरम जोन
लगायतको उपस्थिति रहने संस्थाका पदाधिकारीले बताएका छ्न ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति साथै, मगर लोकसंस्कृतिमा आधारित गीत–संगीत, नृत्य, सांस्कृतिक झाँकी तथा सामूहिक प्रस्तुति रहने आयोजकले जनाएको छ। चर्चित कलाकार श्याम राना मगर, गायिका रुपी सिंजाली मगर लगायत स्थानीय कलाकारहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहेको छ।
परम्परागत मगर भेषभूषा, लोकधुन र ‘झोर्ले है झोर्ले’ नाराले कार्यक्रमलाई उत्साहपूर्ण बनाउने तयारी गरिएको छ।
उद्देश्य र सन्देश भने समाजले प्रवासमा रहेका नेपाली तथा मगर समुदायलाई सामाजिक सेवा, आपतकालीन राहत, सहयोग तथा सांस्कृतिक संरक्षणमार्फत संगठित गर्दै आइरहेको छ। यस कार्यक्रममार्फत “भाषा, संस्कृति र परम्पराको सम्मान गरी नेपाल–भारत सम्बन्धलाई बलियो पार्ने” सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको आयोजकले बताएको छ ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले प्रवासी नेपालीबीच आत्मीयता, पहिचान र भाइचाराको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ मगर समुदाय तथा सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल बनाउन आयोजकले अनुरोध समेत गरेको छ।

