चढेर गए निलो आकाशमा २५ दिन पछि फर्किए काठको बाकसमा झविन्द्र अर्याल

प्रेम सुनार _गुल्मी
बैदेशिक रोजगारका लागि कतार पुगेका गुल्मीका एक युवाको शव आज कतार पुगेको २५ दिनको दिन घर आएको छ।
जिल्लाको मालिका गाउँपालिका ५, छापाहिलेका ३९ वर्षीय युवा उद्यमी एवं समाजसेवी झविन्द्र अर्यालको शव घरबाट हिँडेको २५ दिनपछि घरको परम्परागत घाट फूलबारीमा आज आइपुगेको छ।

Workplace

यही फागुन ९ गते कतारमा सडक दु`र्घटनामा परी निधन हुनुभएको आचार्यको शव कतार एयरवेजबाट काठमाडौँ ल्याइएको थियो भने आजै काठमाडौँबाट हेलिकप्टर मार्फत उहाँहरूको परम्परागत शाहघाट फुलबारी ल्याई अन्त्येष्टी गरिएको छ।

गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष, वरिष्ठ सल्लाहकार एवं एनआरएन कतारका सहकोषाध्यक्ष सहित उहाँ दर्जनौं संस्थामा आवद्ध हुनुहुन्थ्यो।

यस्तै नेकपा एमाले निकट प्रवासी मञ्च कतारका संगठित सदस्य रहेका उहाँलाई आज नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण राजविष्ट लगायतका नेता तथा कार्यकर्ताहरूले एमालेको हँसिया हथौडा अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।

श्रद्धाञ्जली सभामा प्रवासी मञ्च कतारका अध्यक्ष चुरामणी कार्कीद्वारा हस्ताक्षरित शोक विज्ञप्ति लिएर प्रवासी मञ्च कतारका सल्लाहकार विजय बस्नेत सहितका टोली साहघाट आइपुगेको थियो। कतारबाट आचार्यको शव ल्याई एनआरएनए कतारका कोषाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका संरक्षक बुद्ध पाण्डे र एनआरएनए कतारका सदस्य राजेन्द्र काफ्ले आइपुग्नुभएको थियो।

साहघाटमा नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्णराज विष्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरबहादुर कार्की, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र एनआरएनएका कोषाध्यक्ष बुद्ध पाण्डेले शोक मन्तव्य राख्नुभएको थियो।
बाईट ति सबै जनाको

शोकसभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशमन्त्री दिनेश पन्थी,अर्का केन्द्रीय सदस्य जङ्ग नेपाली, जिल्ला पार्टी अध्यक्ष बाङसिंह काउसा सहित विभिन्न पार्टीका नेता तथा विभिन्न तहका जनप्रतिनिधिहरूको सहभागिता थियो ।

आचार्यको पार्थिव शरीरमा पाँच वर्ष कान्छा छोरा जेनिस बाहेक १८ वर्षीय जेठा छोरा अर्जुन र माहिला छोरा रोशन आचार्यले दागबत्ती दिएका थिए त्यस्तै उहाँकी धर्मपत्नी अमृता आचार्य लगायतका परिवारजनले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

छापाहिले स्थित बाबा बोलिराज आचार्य र आमा रुन्नता आचार्यको कोखबाट २०४२ साल चैत्र २६ गते मार्इला छोराका रूपमा उहाँको जन्म भएको थियो। १२ वर्षको उमेरमा मजदुरी गर्न भारत पुगेका आचार्य भारतमै संघर्ष गरेर कतार पुग्नुभएको थियो।

सन् २००७ देखि कतारमा संर्घष गरेका उहाँ पछिल्लो चरण आफैले कम्पनी खोलेर नेपालीलाई रोजगारी दिदै युवा उद्यमी र समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो। परिवारजनका अनुसार उहाँ माघ १८ गते मात्रै कतार पुग्नुभएको थियो भने दुःखको कुरा त्यहाँ पुगेको २५ दिनमै शव आइपुग्दा परिवारजन सहित त्यस भेगका बासिन्दा भावविह्वल बनेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?