बुटवलमा अवैध लागूऔषधसहित एक प`क्रा`उ

 

Workplace

बुटवल, रुपन्देही — अवैध लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा बुटवलमा प्रहरीले मोटरसाइकलसहित एक जनालाई प`क्राउ गरेको छ।

- Advertisement -Workplace

वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१०, चौराहा चोकमा लु ९५ प २७८३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।

पक्राउ पर्नेमा नवलपरासी, प्रतापपुर गाउँपालिका–२, गोपिगञ्जका २८ वर्षीय मनिराम चमार रहेका छन्। उनको साथबाट १,००० एम्पुल फेनरागन, १,००० एम्पुल डाइजेपाम, १,००० एम्पुल नुफिनसहित उक्त मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चमारलाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतले पाँच दिनको म्याद थप गरेको छ। हाल इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान जारी रहेको सूचना अधिकारी सुरज कार्कीले नेपाल खोजखबर लाई जानकारी दिएका छ्न ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?