अर्घाखाँची मा आज देखि निजीक्षेत्रको लगानीमा जन्मभुमि हस्पिटल ओैपचारिक रुपमा सन्चाल

अनिल नेपाली 

Workplace

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्कमा आज देखि निजीक्षेत्रको लगानीमा जन्मभुमि हस्पिटल ओैपचारिक रुपमा सन्चालमा आएकाे छ ।

हस्पिटलको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको हो। उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौं, बुटवल लगायतका विभिन्न ठूला सहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने बताउदै अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताएका थिए ।

कार्यक्रममा लुम्बिनि प्रादेशिक अस्पतालका फिजिसियन डा नन्दु पाठकले अस्पतालकाे स्थापना सगसगै चिकित्सक स्वास्थ्यकर्मी सवेदनशील भई बिरामीको सेवा गनु पर्ने बताएका थिए कार्यक्रममा अर्घाखाँची जिल्लामा रहेका गाउँपालिका नगरपालिका प्रमुख उप प्रमुख अध्यक्ष उपाध्यक्ष सराेकारवाला निकायका प्रमुख सुरक्षा निकायका प्रमुख सचारकर्मि राजनीतिक दलका प्रमुख व्यबसायी उधाेगी लगायतको सहभागीता रहेको थियोे ।

अस्पतालले आज उद्घाटनको दिन निःशुल्क रुपमा चेकजाँच गर्ने भएकाले ४०० बढी अर्घाखाँचीबासीले नाम दर्ता गराएको जन्मभूमि हस्पिटल अर्घाखाँची मार्केटिङ अधिकृत दुर्गा सुनारले बताएका छन् अस्पतालमा २४ सै घण्टा आकस्मिक सेबा , बहिरङ्ग तथा अन्तरंग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका कार्यकारी प्रमुख डिल ब थापाले बताएका छन् थापाका अनुसार जिल्ला बासीलाई सेवा गर्नकाे लागि जिल्लामै अस्पताल स्थापना गरेको बताएका थिए अस्पतालमा हाल विभिन्न किसिमका सेवा उपलब्ध गराएको आगामी दिनमा याे सेवालाई थप बिस्तार गर्न अस्पतालका अध्यक्ष राम प पाेखेलले बताएका छन् ३ कराेडकाे लगानीमा स्थापना भएको अस्पताल लाई आगामी दिनमा थप बिस्तार गर्ने बताएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?