icon
निर्वाचन
९ माघ २०८२, शुक्रबार
icon
निर्वाचन

भारतीय गृहमन्त्रीका पूर्व स्वकीय सचिव सन्दीप रानालाई पाल्पाबाट चुनावको लागि कांग्रेसको एकल सिफारिस

बुटवल – भारतीय गृहमन्त्री अमित शाहका पूर्व स्वकीय सचिव सन्दीप राना आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट पाल्पा क्षेत्र नम्बर–१ का उम्मेदवार बन्ने लगभग निश्चितजस्तै बनेका छन्। कांग्रेसले उनको नाम एकल सिफारिस गर्दै केन्द्रमा पठाएपछि पार्टीभित्र चर्को चर्चा र असन्तुष्टि दुवै बढेका छ्न नाम नबताउने सर्तमा एक काङ्ग्रेस नेताले भने ।

Workplace

राना ०७९ को निर्वाचनमा समानुपातिक बन्दसूचीमा परेका थिए। यसपटक प्रत्यक्षतर्फ टिकट दिन लागेपछि लुम्बिनीका केही कांग्रेस नेताहरूले विरोध जनाएका छन्। तर स्थानीय क्षेत्रमा भने उनी पछिल्ला वर्षहरूमा विद्यालय सहयोग, सामाजिक अभियान र समुदाय विकास जस्ता क्षेत्रमा सक्रिय देखिएका छन्, जसले उनलाई ‘सक्रिय समाजसेवी’को छवि दिएको छ र त्यहीँ छवि बाट उनी चुनावमा हुमिने निश्चित जस्तो भएको छ ।

रानाको भारतीय नेतासँगको निकटता पनि चर्चा–विवादको विषय बनेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भाजपाका माथिल्ला तहका नेताहरूसँग उनको गहिरो सम्बन्ध रहेको बताइन्छ। नेपाल आउने भारतीय नेताहरूको बसाइ, खानपान र व्यवस्थापनमा समेत उनी संलग्न रहने गरेका छन्। तर उनी नेता सङ्गाको निकटता ब्यक्तिगत भएको बुझिन्छ ।उनले नेपाल आएका भारतीय नेताहरूका भ्रमणमा सहजीकरण गर्दै आएका छन्, जसलाई उनका निकटहरूले समन्वय क्षमता र कूटनीतिक पहुँचको उदाहरणका रूपमा  समेत  व्याख्या गर्छन्।

गत वैशाखमा नेपाल आएका भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालासँग राना देखिएको तस्वीर सार्वजनिक भएपछि उनको एकल सिफारिसले कांग्रेसभित्र थप विवाद चर्काएको प्रदेशस्तरीय एक नेताको दाबी छ। उनका अनुसार रानालाई प्रत्यक्ष टिकट दिनकै प्रयोजनले एकल सिफारिस गरिएको हो। यद्यपि राना सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छ्न । “राना मत पाउन होइन, काम गरेर विश्वास जित्न मैदानमा उत्रिएका व्यक्ति हुन्। उनको जनसम्पर्क, खर्चिलो अभियान र सक्रियता हेर्दा टिकट योग्य मान्नु स्वाभाविक हो।” स्थानीय बताउँछन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?